बाढ़ में खोए बेटे, बहू, सरकार ने महिला एवं बाल मंत्रालय की दीर्घकालिक देखभाल योजना के तहत पोते-पोतियों की देखभाल की
मशीन अनुवाद मूल देखें
नुवाकोट में विनाशकारी बाढ़ ने बजुरा के इस बूढ़े आदमी से बुढ़ापे, एकमात्र बेटे और बहू का सबसे बड़ा सहारा छीन लिया। हालांकि, उसकी बाहों में तीन लोग...

नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा र बुहारी मात्रै खोसेन, बुढेसकालको सबैभन्दा ठूलो सहारा नै खोस्यो। तर, उहाँको काखमा रहेका तीन जना नाबालक नातिनातिनीको भविष्य अब सरकारले सम्हाल्ने भएको छ।
परिवारको गुजारा चलाउन मजदुरी गर्न नुवाकोट पुगेका छोरा–बुहारी बाढीमा बेपत्ता भएपछि उहाँ एकैपटक सहाराविहीन हुनुभयो। घर फर्कने बाटो हेर्दै गरेका तीन जना नाबालक नातिनातिनीलाई कसरी हुर्काउने, पढाउने र भविष्य सुरक्षित गर्ने भन्ने चिन्ताले उहाँलाई थप पीडामा पारेको थियो।
त्यही पीडाबीच अहिले उहाँका लागि आशाको खबर आएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको दीर्घकालीन स्याहार योजनाअन्तर्गत ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा तीनै जना बालबालिकालाई समेटिएको छ। यससम्बन्धी सम्झौता राष्ट्रिय बाल अधिकार परिषद्मा गरिएको हो।
योजनाअन्तर्गत तीनै जना बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण, संरक्षण तथा आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ। आमाबुबा गुमाएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउँदै उनीहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यो व्यवस्था अघि बढाएको हो।
नातिनातिनीको भविष्य सुरक्षित हुने खबर सुनेपछि वृद्धका आँखामा पीडासँगै खुसीका आँसु देखिए। उहाँले भावुक हुँदै भन्नुभयो, “छोरा–बुहारी गुमाएँ, त्यो पीडा कहिल्यै भुल्न सक्दिनँ। तर मेरा नातिनातिनीको भविष्य सुरक्षित हुने भयो। अब उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किन पाउनेछन्। नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद।”
बाढीले अभिभावक खोस्यो, तर बालबालिकाको भविष्य खोस्न सकेन। बुढेसकालको सहारा गुमाएका ती वृद्धका लागि अब तीन नातिनातिनीको भविष्यको चिन्ता एक्लै बोक्नुपर्ने छैन। राज्यले उनीहरूको शिक्षा, संरक्षण र भविष्य निर्माणको जिम्मेवारी लिएसँगै विपद्को अँध्यारोबीच यी तीन बालबालिकाको जीवनमा आशाको नयाँ उज्यालो थपिएको छ।
चित्र 1
संबंधित अपडेट
सभी अपडेट
बच्चों के खिलाफ हिंसा की समाप्ति पर राष्ट्रीय कार्यशाला में मंत्री सीता बड़ी की भागीदारी, "बच्चों की सुरक्षा और गरिमा पर कोई समझौता नहीं है"
महिला, बाल, लैंगिक एवं यौन अल्पसंख्यक एवं सामाजिक सुरक्षा मंत्री सीता बड़ी को बच्चों की सुरक्षा, गरिमा व अधिकार सुनिश्चित करने के मुद्दे पर कोई आपत्ति नहीं...
2 चित्र
विकलांगता आईडी कार्ड से लेकर सामाजिक सुरक्षा तक, अब एक डिजिटल सिस्टम में
विकलांग व्यक्तियों की पहचान, डेटा प्रबंधन और सामाजिक सुरक्षा सेवा प्रवाह को अधिक व्यवस्थित, प्रभावी और प्रौद्योगिकी के अनुकूल बनाने का उद्देश्य, विकलांगता...

समाज कल्याण परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसमा मन्त्री बादीको शुभकामना
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित,…
1 चित्र
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
उद्धार गरिएका तथा संरक्षण आवश्यक बालबालिकालाई सुरक्षित आवास, उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनसम्मको सेवा विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका…

जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार
काठमाडौं, असोज ४। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ। उत्तरगया…
क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन ‘क्षेत्रगत विज्ञहरूको सूची (Roster)’…
