उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ, ८ असोजः सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै उक्त मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सङ्घीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्नेगरी पूर्वतयारी गर्न निर्देशन दिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesभोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ, ८ असोज- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।…
आगामी शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी र…
बाढीपहिरोको जोखिम: बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि ४ दिन रात्रिकालीन सवारीमा रोक
धुलिखेल। लगातारको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। मनसुन…

सतर्कता अपनाउनेबारे सार्वजनिक सूचना
असोज ९ देखि ११ गतेसम्म सम्भावित अति भारी वर्षा, हिमपात तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरिन्छ। PUBLIC NOTICE In…
4 imagesनागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छः अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ, ७ असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताउनुभएको छ । प्रतिनिसिभाको आजको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो…
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय…
Comments 0
No comments yet. Start a respectful conversation.