प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।
सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesबाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन : मन्त्री पोखरेल
काठमाडौँ, ५ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन…
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक…
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
५ असोज- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री…
विश्व अल्जाइमर्स दिवसमा मन्त्री सिता बादीको सन्देश : ‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’
काठमाडौं, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र…
भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ। असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले…
बाढीले क्षतिग्रस्त नुवाकोटको पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण सम्पन्न
बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास…
Comments 0
No comments yet. Start a respectful conversation.