DigiNepal

राहत सामग्रीमा कर छुट र बाढीपछिको पुनर्स्थापनाबारे सरकारको छलफल

Picture published with this update

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा मित्रराष्ट्र, विभिन्न निकाय तथा संस्थाबाट प्राप्त हुने खोज, उद्धार र राहत सामग्रीमा कर छुट तथा ती सामग्रीको व्यवस्थापनका विषयमा छलफल भएको छ।

बैठकमा विपद् प्रतिकार्यका क्रममा आवश्यक पर्ने सामग्रीको सहज आपूर्ति, प्राप्त सामग्रीको प्रभावकारी व्यवस्थापन तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप व्यवस्थित बनाउने विषयमा छलफल गरिएको हो।

यसैगरी, रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत कार्यको समन्वयका लागि गठित परिचालन टोलीको बैठकसमेत बसेको छ। बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत वितरण, तत्कालीन पुनर्स्थापनाको अवस्था तथा शीघ्र पुनर्स्थापनाका लागि भइरहेका कामको प्रगतिबारे समीक्षा गरिएको छ।
बैठकले प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनाका सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन सम्बन्धित निकायबीच निरन्तर समन्वय र सहकार्यलाई प्राथमिकता दिने विषयमा जोड दिएको छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates