DigiNepal

ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विभिन्न विशेषज्ञ परामर्शदाताको माग

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (GLAD) ले आयोजना कार्यान्वयन सहयोग टोली (Project Implementation Support Team) का लागि विभिन्न चार पदमा व्यक्तिगत परामर्शदाता (Individual Consultants) माग गरेको छ।

परियोजना समन्वय कार्यालय, बबरमहलले आशय पत्र (Request for Expression of Interest - REOI) सम्बन्धी सूचना जारी गर्दै योग्य विशेषज्ञहरूबाट आवेदन आह्वान गरेको हो।

विश्व बैंकको ऋण सहयोग (IDA-7980-NP) मा सञ्चालित यस आयोजनाले परियोजना समन्वय कार्यालय (PCO) तथा आयोजना कार्यान्वयन एकाइहरू (PIUs) लाई प्रभावकारी, दक्ष र नियमानुसार कार्य सञ्चालन गर्न प्राविधिक तथा परामर्श सेवा उपलब्ध गराउन यी पदहरूमा पदपूर्तिको प्रक्रिया अघि बढाएको हो।

थप विवरण तल दिइएको सूचनामा हेर्नुहोस्
​

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates