परराष्ट्रमन्त्री खनाल र रोमानियाकी परराष्ट्रमन्त्री तोइउबीच भेटवार्ता
काठमाडौँ, १० असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र रोमानियाकी परराष्ट्रमन्त्री ओआना-सिल्भिया तोइउबीच न्यूयोर्कमा आज द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको साइडलाइन भेटवार्तामा उहाँहरूबीच नेपाल-रोमानिया सम्बन्ध, पारस्परिक हित तथा समयसापेक्ष अवस्थाका विविध विभिन्न विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा द्वपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ गर्ने विषयमा उहाँहरूले विचारविमर्श गर्नुभयो । आपसी लाभका विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउने सम्भावनाबारे पनि छलफल भएको सचिवनलयले जनाएको छ । सो अवसरमा जलवायु कार्यलगायतका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिनुभएको थियो ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesभोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन
काठमाडौँ, १० असोजः भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ ।…
आज देशभर बदली, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार…
परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल
काठमाडौँ, १० असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ । संयुक्त…
सुस्ताको थारु टोलमा बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता…
झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी
भद्रपुर (झापा), १० असोजः बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको…
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु, १० असोजः सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा…
Comments 0
No comments yet. Start a respectful conversation.