विपद् प्रभावित विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन

राष्ट्रिय बाल अधिकार परिषद्ले विपद्का कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ।
परिषद्का अनुसार विशेष संरक्षणको आवश्यकता भएका तथा उद्धार एवं स्थानान्तरण गरी ल्याइएका बालबालिकालाई आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा परिवार पुनर्मिलनलगायतका सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो। साथै, बालबालिकाको दीर्घकालीन संरक्षणको आवश्यकता पहिचान गरी उपयुक्त व्यवस्था गर्ने उद्देश्यसमेत रहेको परिषद्ले जनाएको छ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४५ को उपदफा (१) को खण्ड (ट) बमोजिम विपद् वा सशस्त्र द्वन्द्वका कारण बाबुआमा दुवै वा आमाबाबुमध्ये एक गुमाएका, बेपत्ता भएका वा स्वयं शारीरिक तथा मानसिक रूपमा घाइते वा अपाङ्गता भएका बालबालिकालाई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका रूपमा लिइन्छ।
भोटेकोशी तथा त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको पहिचान गरी आवश्यक संरक्षण तथा सेवा उपलब्ध गराउन परिषद्ले ‘भोटेकोशी बाढी प्रभावित बालबालिकाको संरक्षण तथा व्यवस्थापन सहजीकरण कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ। हाल रसुवा र नुवाकोटका बाढी प्रभावित स्थानीय तहमा परिषद्को नेतृत्वमा खटिएका टोलीले होल्डिङ सेन्टर तथा समुदायमा गई प्रभावित बालबालिकाको अवस्था पहिचान, विस्तृत लेखाजोखा तथा आवश्यक संरक्षण सेवाका लागि सहजीकरण गरिरहेका छन्।
त्यसैगरी, बाढी प्रभावित सङ्कटग्रस्त क्षेत्रबाट काठमाडौंका विभिन्न ठाउँमा ल्याइएका बालबालिकाको अवस्थासमेत पहिचान गर्न परिषद्को नेतृत्वमा छुट्टै सहजीकरण टोली गठन गरिएको छ। उक्त टोलीले बालबालिकाको पारिवारिक तथा मनोसामाजिक अवस्था र विशेष संरक्षणको आवश्यकता भए/नभएको सम्बन्धमा विस्तृत लेखाजोखासहित आवश्यक सहजीकरण गरिरहेको परिषद्ले जनाएको छ।
बाढीका कारण परिवार तथा संरक्षकविहीन भएका, परिवारबाट छुटिएका वा आफन्तको संरक्षणमा रहेका बालबालिकालाई कुनै समस्या वा जोखिम देखिएमा सम्बन्धित जिल्लामा परिचालित सहजीकरण टोलीसँग तत्काल सम्पर्क गर्न परिषद्ले अनुरोध गरेको छ।
बाढी प्रभावित बालबालिकाको पारिवारिक सुरक्षा र संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै परिषद्ले सम्बन्धित स्थानीय तह, बाल कल्याण अधिकारी, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा बाल अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थासँग आवश्यक समन्वय, सहजीकरण र सहकार्य गरिरहेको जनाएको छ।
काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत बाढी प्रभावित बालबालिका तथा उनीहरूका अभिभावकलाई आवास तथा खानपानको समस्या भएमा ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोस्थित अस्थायी संरक्षण सेवा केन्द्रमार्फत आवश्यक व्यवस्था गर्न सकिने परिषद्ले जनाएको छ।
Images 1
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले गैरसरकारी संस्थामार्फत हुने मानवीय सहायता परिचालनलाई तीव्रता दिएको छ। पछिल्लो…
1 file
मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, मनमोहन अस्पतालमा उपचार
बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का मुटुसम्बन्धी समस्या रहेका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। मुटुसम्बन्धी समस्या रहेका…
1 image
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय…

राष्ट्रिय बाल दिवसमा मन्त्री सिता बादीको शुभकामना
सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धारदेखि स्याहार, संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको…
3 images
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैबीच, विपद्…
1 file
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढीबाट प्रभावित बालबालिका, महिला तथा किशोरीको संरक्षणदेखि जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको उद्धारसम्म सरकारले विपद् प्रतिकार्यलाई तीव्र बनाएको छ। प्रभावित…
1 file

Comments 0
No comments yet. Start a respectful conversation.