मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, मनमोहन अस्पतालमा उपचार

बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का मुटुसम्बन्धी समस्या रहेका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ।
मुटुसम्बन्धी समस्या रहेका बालकलाई तत्काल उपचार आवश्यक देखिएपछि स्थानीय तह, नेपाली सेना र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा आज उद्धार गरिएको हो।
उद्धारपछि बालकलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि राखिएको छ। बालकको स्वास्थ्य अवस्था संवेदनशील रहेकाले आवश्यक स्वास्थ्य परीक्षण तथा विशेषज्ञ उपचारको व्यवस्था गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा बालबालिकाको जोखिम अवस्था लेखाजोखा गर्ने क्रममा बालकलाई तत्काल स्वास्थ्य उपचार आवश्यक रहेको पहिचान भएपछि उद्धारका लागि समन्वय गरिएको राष्ट्रिय बाल अधिकार परिषद्को रसुवामा खटिएको सहजीकरण टोलीका संयोजक मनबहादुर थापाले जानकारी दिए।
उनका अनुसार स्थलगत रूपमा बालबालिकाको जोखिम अवस्था मूल्याङ्कन गर्ने क्रममा बालकको स्वास्थ्य अवस्था तत्काल उपचार आवश्यक पर्ने देखिएपछि स्थानीय तह, नेपाली सेना र मन्त्रालयसँग समन्वय गरी उद्धारको व्यवस्था मिलाइएको हो।
बाढी प्रभावित क्षेत्रमा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको पहिचान, जोखिम मूल्याङ्कन तथा आवश्यक संरक्षणका लागि मन्त्रालयले सहजीकरण टोली परिचालन गरेको छ। प्रभावित बालबालिकाको प्रारम्भिक जोखिम मूल्याङ्कन तथा विस्तृत सामाजिक लेखाजोखाका लागि रसुवा र नुवाकोटमा दुईवटा टोली खटिएका छन्।
त्यस्तै, बाढी प्रभावित क्षेत्रबाट काठमाडौं ल्याइएका बालबालिकाको अवस्थाबारे लेखाजोखा तथा आवश्यक सहजीकरणका लागि काठमाडौंमा रहेका गुम्बाहरूमा समेत अर्को टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बाढी प्रभावित बालबालिकाको जोखिम र आवश्यकताका आधारमा उद्धार, अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग तथा पारिवारिक पुनर्मिलनका कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।
विपद्का कारण जोखिममा परेका बालबालिकाको तत्काल पहिचान गरी आवश्यकताअनुसार उद्धार, उपचार र संरक्षण सुनिश्चित गर्ने कार्यलाई मन्त्रालयले समन्वयात्मक रूपमा अघि बढाइरहेको छ।
Images 1
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय…
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले गैरसरकारी संस्थामार्फत हुने मानवीय सहायता परिचालनलाई तीव्रता दिएको छ। पछिल्लो…
1 file
विपद् प्रभावित विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
राष्ट्रिय बाल अधिकार परिषद्ले विपद्का कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा…
1 image
राष्ट्रिय बाल दिवसमा मन्त्री सिता बादीको शुभकामना
सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धारदेखि स्याहार, संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको…
3 images
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैबीच, विपद्…
1 file
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढीबाट प्रभावित बालबालिका, महिला तथा किशोरीको संरक्षणदेखि जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको उद्धारसम्म सरकारले विपद् प्रतिकार्यलाई तीव्र बनाएको छ। प्रभावित…
1 file

Comments 0
No comments yet. Start a respectful conversation.