बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने सरकारको तयारी
बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ।
गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्यो बीच (देवीघाट)मा एक्रो ब्रिज समेत जडान गरिसकिएको छ।
सोही सडकखण्डको विदुरमा क्षतिग्रस्त बनेको सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ। अर्कोतर्फ रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडान गर्न 'फाउण्डेशन' निर्माण सुरु भएको छ।
बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडकखण्डमा समस्या छैन। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी भइरहेको छ।
स्याफ्रुबेँसीबाट रसुवागढीतर्फको सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त छ। त्यहाँ नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरु भइसकेको छ।
यसका साथै यस क्षेत्रमा स्थायी सडक समेत निर्माण गर्ने सरकारको तयारी छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesभोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि…
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे…
प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका समकक्षी अनवर इब्राहिमबीच आज विशेष छलफल
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गर्नुभएको छ। उहाँले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल…
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।…
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी…
परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय,…
Comments 0
No comments yet. Start a respectful conversation.