
रामग्राम नगरपालिका
Ramgram Municipality
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेको एक नगरपालिका
रामग्राम नगरपालिका नेपालको लुम्बिनी प्रदेशको नवलपरासी मा पर्ने एक नगरपालिका हो। तत्कालिन नवलपरासी जिल्ला टुक्रिएर दुई वटा जिल्ला बनेपछि नवलपरासी को सदरमुकाम रहेको परासी बजार यसै नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। तत्कालिन नवलपरासी जिल्लामा रहेका तत्कालिन परासी आदर्श, उनवछ, मन्झरिया र जमुवाड गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। यस नगरपालिका क्षेत्रमा ऐतिहासिक बुद्धकालीन रामग्राम स्तूप रहेको छ जसलाई युनेस्कोले सन् १९९६ मा आफ्नो सम्भावित विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ।यो १८ वटा वडामा विभाजित छ। रामग्राम नगरपालिकाको पूर्वमा सरावल गाउँपालिका, त्यस्तै यसको पश्चिममा रुपन्देही जिल्ला, उतरमा सुनवल नगरपालिका तथा दक्षिणमा पाल्हीनन्दन गाउँपालिका रहेका छन्।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका नगरपालिकाहरू wd
- अवस्थिति
- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- ramgrammun.gov.np wd
- निर्देशाङ्क
- 27.5333° N, 83.6667° E wd
नजिकका ठाउँहरू
- नवलपरासी जिल्ला — 0 km
- सुनवल नगरपालिका — 11 km
- देवदह — 18 km
- रुपन्देही जिल्ला — 22 km
- सिद्धार्थनगर नगरपालिका — 22 km
- तिलोत्तमा नगरपालिका — 23 km
स्रोतहरू
- Wikipedia (English): Ramgram Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामग्राम नगरपालिका · CC BY-SA 4.0
- Wikidata item Q1711612 · CC0 1.0
- Image: Parasi budha chowk.jpg by Raj1019 (CC0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामग्राम नगरपालिका". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/ramgram-municipality?lang=ne. Retrieved 21 October 2026.