DigiNepal

विजय कुमार पाण्डे

Vijay Kumar Pandey

Read in English · हिंदी में पढ़ें

विजय कुमार पाण्डे नेपालका पत्रकार तथा लेखक हुन्। टेलिभिजनबाट पत्रकारिता सुरू गरेका उनले छापा माध्यममा पनि काम गरेका छन्। टेलिभिजन क्षेत्रमा उनले सन् १९८७ मा नेपाल टेलिभिजनमा 'अध्यारो उज्यालो' भन्ने कार्यक्रमबाट शुरुवात गरेका हुन्। उनको निकै लोकप्रिय कार्यक्रम भने 'दिशानिर्देश' हो। विजयकुमार पाण्डेले 'नेपाल' (साप्ताहिक) पत्रिकाको संस्थापक सम्पादक भएरपनि काम गरेका थिए। उनी कान्तिपुर दैनिकका स्तम्भ लेखक हुन्। उनले लेखेको संस्मरणात्मक कृति 'खुसी' ले वि.सं. २०७२ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।

मुख्य तथ्यहरू

जन्मस्थान
बैतडी जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
पत्रकार wd

पुरस्कार wd

  • मदन पुरस्कार (2014)

स्रोतहरू

  1. Wikipedia (English): Vijay Kumar Pandey · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विजय कुमार पाण्डे · CC BY-SA 4.0
  3. Wikidata item Q17030945 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विजय कुमार पाण्डे". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/vijay-kumar-pandey?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विजय कुमार पाण्डे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व