DigiNepal
पूर्णचन्द्र थापा
Jagadishwordulal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पूर्णचन्द्र थापा

Purna Chandra Thapa

Read in English · हिंदी में पढ़ें

महारथी पूर्णचन्द्र थापाले २०७५ सालभाद्र २४ गतेबाट नेपाली सेनाको प्रधान सेनापतिको जिम्मेवारी सम्हालेका थिए । २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए । सेनामा मध्यमतहको कमाण्डरले गर्नु पर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन्। रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, २ नम्बर वाहिनीको बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रूपमा काम गरीसकेका छन्। उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिङ्ग स्टाफ, सेनाको महत्त्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक कार्यरथी तथा संभाररथी विभागको प्रमुख शान्ति सेना सञ्चालन निर्देशनालय, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यलय लगायतका नेपाली सेनाभित्रका सबैजसो महत्त्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरूको नेतृत्व सम्हालेका थिए। रथी थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन्। थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा सेमुपति, सन् १९८९ मा युनिफिल मिसन मुख्यालयमा अपरेशन डिउटी अधिकृतको रूपमा काम गरेका थिए । त्यसैगरी, सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर मिशनमा सफल भूमिका निर्वाह गरेका थिए। संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व हुनेगरी युनाईटेड नेशन्स मिशन ईन नेपाल (जेएमसिसी) को संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रूपमा काम गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लमजुङ जिल्ला wd
नागरिकता
नेपाल wd
शिक्षा
मद्रास विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

स्रोतहरू

  1. Wikipedia (English): Purna Chandra Thapa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पूर्णचन्द्र थापा · CC BY-SA 4.0
  3. Wikidata item Q19604581 · CC0 1.0
  4. Image: COAS General Purna Chandra Thapa (Nepali Army).jpg by Jagadishwordulal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पूर्णचन्द्र थापा". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/purna-chandra-thapa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पूर्णचन्द्र थापा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: COAS General Purna Chandra Thapa (Nepali Army).jpg — Jagadishwordulal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व