महेश कोर्मोचा
महेश कोर्मोचा
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
महेश कोर्मोचा नेपालका एक बरिष्ठ राजनीतिज्ञ हुन्। उहा १९९९ साल ओखलढुंगा खिजी चण्डेश्वरीमा जन्मिनु भएका हुन्। महेश कोर्मोचाका हजुरबुवा भूमिगत कांग्रेस कार्यकर्ता थिए। उनले सन् १९३८ देखि ४ वर्ष भारत बस्दा भारतीय कांग्रेसका तत्कालीन अध्यक्ष गोपालकृष्ण गोखले, स्वतन्त्रता सेनानीद्वय महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेट गरेका थिए। उनीहरूकै प्रेरणाले महेशका हजुरबुवा ‘भारत छोडो’ आन्दोलनमा सरिक भएका थिए। त्यसपछि उनले नेपाली कांग्रेसको स्थापनामा योगदान दिए र राणाशासन विरुद्धको आन्दोलनमा सामेल हुने प्रण गरेर नेपाल फर्किएका थिए। गाउँभरका मान्छे बटुलेर महेशका हजुरबुवा रातरातभर सङ्गठन बिस्तार गर्थे। कार्यकर्ता गठन गरेर प्रशिक्षण दिन्थे। र बालक महेशलाई चिट्ठी बोकाएर गाउँगाउँ पठाउँथे। उनका हजुरबुवा रौसे थिए। २००७ साल कात्तिक ७ गते महेशका हजुरबुवाले सात नाल बन्दुक पड्काएर आफ्नै घरबाट क्रान्तिको उद्घोष गरे। क्रान्ति सफल भयो त्यसपछि महेशका बाँकी दिन लेखपढ मै बिते। एवंरीतले २०१५ सालको संसदीय चुनाव लाग्यो गाउँमा। त्ससबेलाको चुनावमा नेपाली कांग्रेसको तर्फबाट ओखलढुंगामा पेशलकुमार पोखरेल उमेदवार थिए। फेरि पोखरेललाई जिताउन खटिए महेश गीत गाउँदै। चुनावमा पोखरेलले बाजी मारे। २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध कु गरेपछि गाउँ आतंकित भयो। ‘राजाले तिमीहरु सबैलाई जेल हाल्छन् अब, बिपीलाई त थुनेका छन् रे’—गाउँलेले सम्झाउँथे उनलाई। आफन्तको सल्लाहमा प्रशासनसँग बच्नका लागि गाउँका पन्ध्र जना युवालाई लिएर उनी धरान झरे, ब्रिटिस आर्मीमा भर्ती हुन। उनीसहितका १५ जनामध्ये १४ जना भर्ती भए। ब्रिटिस आर्मीमा उनले ८ वर्ष सेवा गरे। त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपर्यो। उनी गाउँ फर्किए। गाउँ फर्किएपछि महेशको मरिसकेको राजनीतिक नशा बौरियो। महेश भूमिगत रूपमा सङ्गठन बिस्तार गर्न लागे। २०२५ सालमा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गर्यो। ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भयो। उनले बनारस पुगेर फौजी तालिम लिए। पूर्वाञ्चलमा पार्टी गतिविधि गर्ने जिम्मेवारी तोकेर नेपाली कांग्रेसले उनलाई नेपाल पठायो। महेशले धरानमा बसेर पार्टी सङ्गठन बिस्तार गरे। प्रशासनको कडा निगरानीलाई छल्न उनले धरानबाट काँकडभित्ता र जनकपुर रुटमा गाडी चलाए। प्रशासनलाई गाडीमा नेपाली कांग्रेसका कार्यकर्ता चढ्छन् भन्ने थाहा थियो तर ड्राइभर नै कांग्रेस कार्यकर्ता हुनसक्छ भन्ने शंका थिएन। गाडी चलाउँदा उनी बीचबीचका ‘ट्रान्जिट’ मा ओर्लन्थे र कांग्रेसका कार्यकर्तालाई भेट्थे। गाडीमा बन्दुक र पार्टीका प्रचार सामग्री बोक्थे। यसरी उनले आठ महिना गाडी चलाए। प्रशासनले उनीमाथि निगरानी बढाउन थालेपछि उनी काठमाडौँ आएर नेपाल नेसनल कलेजमा पढ्न थाले, हालको शंकरदेव क्याम्पसमा। राजनीतिको नशा चढिसकेको थियो। उनी काठमाडौँ आएर पनि चुपचाप बसेनन्। भूमिगत गतिविधिमा सक्रिय भइरहे। त्यसबेला पूर्वको छात्रसङ्घ र पश्चिमको गण्डक छात्रा सङ्घलाई मिलाएर नेपाल विद्यार्थी सङ्घको स्थापना गरिएको थियो। उनी ने.वि सङ्घको झण्डामुनि बसेर भूमिगत गतिविधि चलाउँथे। कोमर्चाको गतिविधि ‘वाच’ गरिरहेको प्रशासनले उनीविरुद्ध एकैपटक चारवटा जिल्लामा वारेन्ट जारी गर्यो। उनीविरुद्ध कोशी, वागमती, नारायणी र सगरमाथा अञ्चलमा वारेन्ट जारी भएको थियो। वारेन्टका कारण खुला रूपमा हिँड्न नसक्ने अवस्था आयो। केही सीप नचलेपछि अन्ततः उनी बीपी कोइरालालाई भेट्न बनारस पुगे। त्यसपछि करिब सात वर्ष निर्वासित जीवन बिताए। कोर्मोचा भनाइ उद्दिर्ता गर्दै पार्टी चलाउनका लागि समेत खर्चको अभाव थियो,’ कोर्मोचा ती दिन सम्झिन्छन्। विपीको सल्लाहमा महेशले पार्टीलाई आर्थिक सहयोग गर्न जोगबनीमा गाडी चलाए। ‘पार्टीकै लागि भनेर रक्सीको व्यापार समेत गरेँ,’ अनुहारमा असजिलो हाँसो भरेर उनले भने, ‘गोपाल राईले रक्सी व्यापारको मार्केटिङ गर्थे, म त्यसको व्यवस्थापन गर्थेँ।’ निर्वासित जीवनकै क्रममा बनेको थियो ओखलढुंगा र सोलुखुम्बुको ब्यारेक कब्जा गर्ने योजना। २०२८ सालदेखि लगातार चार वर्ष उनीहरूले ब्यारेक कब्जा गर्ने योजना बनाए। ‘नेपाल आएर धरानदेखि सोलुखुम्बुको ‘रेकी’ गरिएको थियो,’ उनले भने, ‘भूतपूर्व सैनिक र कार्यकर्ता गरी २७ जनालाई भारतको वीरपुर, बनारस, वथान र फारविसगञ्जमा तालिम दिएका थिए।’
मुख्य तथ्यहरू
- जन्म
- wd
स्रोतहरू
- Wikipedia (English): महेश कोर्मोचा · CC BY-SA 4.0
- Wikipedia (Nepali): महेश कोर्मोचा · CC BY-SA 4.0
- Wikidata item Q61123783 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महेश कोर्मोचा". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q61123783?lang=ne. Retrieved 4 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अनुष्का श्रेष्ठ
तिलकराम थारू
रामशरण दर्नाल
सोनी राणा
बसन्ती कुमाल चौधरी
कृष्णमोहन श्रेष्ठ
Samita Bajracharya
शैलेश थापा क्षेत्री
शिवराज आचार्य कौण्डिन्न्यायन
भनभक्त गुरुङ
धीरेन्द्र प्रेमर्षि
नीलकण्ठ उप्रेती