DigiNepal

स्वामी विष्णु तीर्थ

स्वामी विष्णु तीर्थ

Read in English

आचार्य श्रीमत् स्वामी विष्णु तीर्थ ज्यूको जन्म विक्रम संवत् २०१०मा नेपालको धादिङ जिल्लामा सापकोटा ब्राह्मण परिवारमा भएको थियो। प्रारम्भिक शिक्षा आफ्नै बुबाबाट प्राप्त गर्नुभएको थियो तथा १५ वर्षको कलिलो उमेर मै उहाँ गाँउको एक दक्ष पुरोहित बन्नुभएको थियो। एकरात सपनामा एक सन्तले दर्शन दिएर "पारे ग्रामे हरि भगवान" भन्ने वाक्य उच्चारण गर्दै उहाँलाई ब्यूझाँएका थिए। त्यस पछि स्वामी ज्यू अध्ययन गर्ने शिलशिलामा वाराणसी पुग्नु भयो। काशीमा मलेरियाबाट ग्रसित भएपछि स्वामी ज्यू वृन्दावनमा केही समय व्यतित गरेर हिमालय तर्फ लाग्नुभयो। यसै क्रममा गङ्गाजीको उद्गम स्थल गंगोत्री पुग्नुभयो। गंगोत्रीमा स्वर्गद्वारी महाप्रभु तथा बाला गुरु षडानन्दसँग आध्यात्मिक ज्ञान प्राप्त महान तपस्वी सन्त स्वामी नरहरि तीर्थका सानिध्यमा रहेर उहाँबाटै नैष्ठिक ब्रह्मचारीको दीक्षा लिएर ८ वर्ष सम्म कठोर तपस्या तथा गुरुसेवा गर्नुभयो। गुरुजीको देहान्त पश्चात् ३३ वर्षको उमेरमा स्वामी ज्यू कैलाश आश्रम ऋषिकेश तर्फ जानुभयो र वेद, वेदान्त, न्याय, साङ्ख्य, बैशेषिक, योग, मीमांसा आदिको गहन अध्ययन गर्नुभयो। अध्ययन पश्चात् कैलाश आश्रम तथा यसकै शाखाहरूमा आचार्य पदमा रही अध्यापन पनि गर्नु भयो यसैले उहाँ आचार्यजीका नामले प्रख्यात हुनुहुन्छ।

मुख्य तथ्यहरू

जन्मस्थान
धादिङ जिल्ला wd

स्रोतहरू

  1. Wikipedia (English): स्वामी विष्णु तीर्थ · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): स्वामी विष्णु तीर्थ · CC BY-SA 4.0
  3. Wikidata item Q13187356 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"स्वामी विष्णु तीर्थ". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q13187356?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख स्वामी विष्णु तीर्थ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व