DigiNepal
अञ्जनीकुमार शर्मा
rs · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

अञ्जनीकुमार शर्मा

Anjani Kumar Sharma

Read in English · हिंदी में पढ़ें

डा. अञ्जनीकुमार शर्मा ढकाल नेपालका पहिलो शल्यक्रिया चिकित्सक र पहिलो क्यान्सररोग विशेषज्ञ हुन्। उनको जन्म १९८५ जेठ २५ गते सिराहा जिल्लाको भलुवाहीमा भएको थियो। डा. शर्माका पिताको नाम भवविनोद र माताको नाम चुनुदेवी शर्मा हो। उनी माहिलो छोरा हो। विज्ञानमा आइए बराबर पढेपछि उनले कोलकाता मेडिकल कलेजबाट एमबी र बिएस गरेका थिए। दरभङ्गा मेडिकल कलेजबाट एमए गरेका थिए। उनले बेलायतको रोयल कलेज अफ सर्जन्सबाट 'एफआरसिएस्' गरेका थिए। त्यसपछि अमेरिकाबाट एफआइसिएस र एफएसियस गरेका थिए। काठमाडौँको वीर अस्पताल, विरानगरको कोशी अञ्चल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज आदिमा रहेर उनले असङ्ख्य बिरामीको उपचार गरेका थिए। गोरखा दक्षिणबाहु जस्ता पुरस्कार पाएका शर्माले डाक्टरहरूकै विभिन्न संस्थामा रहेर काम गरेका थिए। उनका विभिन्न पत्रिका तथा जर्नलमा विभिन्न लेख प्रकाशित छन्। उनले तयार पारेको 'प्रिन्सिपल अफ सर्जरी फर नर्सेज' पुस्तकको चौथो संस्करण आएको थियो। उनको निधन २०७१ साल असोज २२ गते क्यान्सर रोगका कारण भएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
सिराहा जिल्ला wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
शल्यचिकित्सक wd

स्रोतहरू

  1. Wikipedia (English): Anjani Kumar Sharma · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अञ्जनीकुमार शर्मा · CC BY-SA 4.0
  3. Wikidata item Q4765783 · CC0 1.0
  4. Image: AnjaniKumarsharma.jpg by rs (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अञ्जनीकुमार शर्मा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/anjani-kumar-sharma?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अञ्जनीकुमार शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: AnjaniKumarsharma.jpg — rs, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व