DigiNepal
Englishनेपाली

अपुताली, बकस, दृष्टिबन्धक सिफारिस

सेवा दिने कार्यालय · सुर्योदय नगरपालिका

अहिले खुला · बन्द हुने 17:00
आवश्यक कागजात
१. व्यहोरा स्पष्ट खुलेको निवेदन सहित लिने दिने दुबैको नागरिकताको प्रतिलिपी २. सम्बन्धित घरजग्गाको धनीपूर्जा प्रमाण पत्रको प्रतिलिपी सक्कल समेत पेश गर्ने ३. जग्गाधनीको मृत्यू भएको हकमा मृत्यूदर्ता प्रमाणपत्रको प्रतिलिपी ४. अपुतालीको हकमा सम्बन्धित वडाध्यक्षको रोहबरमा भएको सर्जमिन मुचुल्का सहित वडाको सिफारिस पत्र ५. बकसको हकमा नाता सम्बन्ध पुष्टि हुने अन्य प्रमाण कागजातहरु वा स्वघोषणा पत्र ६. चालु आ.व. सम्मको घरजग्गा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
काउन्टर / कोठा
बडापत्रमा उल्लेख छैन
जिम्मेवार
वडा कार्यालय
प्रक्रिया
१. निवेदन सहित तोकिएका कागजात पेश गर्ने २. वडा अध्यक्षबाट सम्बन्धित कर्मचारीलाई तोक आदेश । ३. निवेदन दर्ता ४. तोकिएका कर्मचारीबाट आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयारी ५. निवेदकले तोकिएको शुल्क बुझाउने ६. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 15 Oct 2026

अन्य कार्यालय: सिफारिस →