अधिकृत वारेशनामाको प्रमाणीकरण (Attestation of Power of Attorney)
सेवा दिने कार्यालय · Embassy Of Nepal Tokyo, Japan
- आवश्यक कागजात
- आवश्यक कागजातः अधिकृत वारेशनामा दिनेको निवेदन र दर्ता भएका कानुन व्यवसायीद्वारा तोकिएको ढाँचामा तयार भएको अधिकृत वारेशनामा कागजको सक्कल दुई प्रति अधिकृत वारेशनामा दिनेको सक्कल नागरिकता र राहदानी तथा सोको एक-एक प्रति प्रमाणित प्रतिलिपि र वारेशनामा लिनेको नागरिकताको प्रतिलिपि जग्गा सम्बन्धी वारेशनामा भएमा जग्गाको लालपुर्जा सक्कल प्रति र चालू वर्षको तिरो तिरेको रसिद सम्बन्ध विच्छेद अधिकृत वारेशनामा भएमा विवाह दर्ताको प्रमाणित प्रति ठेगाना लेखिएको लेटरप्याक वारेशनामा दिने व्यक्ति नियोगप्रमुख समक्ष अनिवार्य स्वयं उपस्थित भई उहाँकै रोहवरमा दस्तखत र ल्याप्चे सहिछाप गर्नुपर्नेछ ।
- शुल्क
- मुद्दा सम्बन्धी अधिकृत वारेसनामा तथा सम्पत्तिको तिनपुस्तेभित्रमा हक हस्तान्तरण सम्बन्धी अधिकृत वारेसनामाको जा.ये. ६००.०० तिनपुस्तेबाहेक अरूलाई सम्पत्ति बिक्री वितरण वा हक छाडी दिने सम्बन्धी अधिकृत वारेसनामाको जा.ये. ६०००.००
- लाग्ने समय
- सम्पूर्ण कागजात पुरा भएको ३ कार्यदिन ।
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- सम्पूर्ण कागजात पुरा भएको ३ कार्यदिन ।
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र · जाँचिएको 16 Oct 2026