DigiNepal
Englishनेपाली

धर्मपुत्र / धर्मपुत्री सम्बन्धी प्रदान हुने सिफारिस

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. रितपूर्वककाे निवेदन । २. धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्न चाहने दम्पत्ति मध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुककाे स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएकाे पत्र । ३. अन्य स्वास्थ्य सम्बन्धी विवरण ४. विवाह दर्ता प्रमाणपत्र । ५. पारिवारिक विवरण । ६. चारित्रिक विवरण । ७. अार्थिक स्थितिकाे विवरण । ८. विदेशीकाे हकमा राहदानी र भीसाकाे प्रतिलिपी । ९. सम्बन्धित मुलुक वा साे मुलुककाे दुताबासबाट नेपाली बालबालिका धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्ने सहमति दिएकाे पत्र । १०. अविवाहित, सम्बन्ध विच्छेद गरेकाे, न्यायिक पृथकीकरण गरेकाे, विधुर वा विधवाकाे हकमा त्यस्ताे भएकाे अाधिकारिक प्रमाणपत्र । ११. बेवारिसे बालबालिकाकाे हकमा मान्यताप्राप्त बालगृहकाे सिफारिस तथा प्रहरी प्रतिवेदन । १२. बालबालिका धर्मपुत्र /धर्मपुत्री दिनकाे लागि अावश्यक हुने मापदण्ड बमाेजिमकाे अन्य याेग्यता पुगेकाे हुनुपर्ने ।
शुल्क
रू १० काे टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि
काउन्टर / कोठा
शाखा
जिम्मेवार
प्र.अ. / शाखाकाे ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026