DigiNepal
Englishनेपाली

प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

अहिले बन्द · सार्वजनिक बिदा: Dashain
आवश्यक कागजात
१. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस । २.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण । ३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न ) ४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण । ५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस । ६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र । ७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ ।
शुल्क
रु १३ काे हुलाक टिकट
लाग्ने समय
प्रमाण पुगेकै दिन ।
काउन्टर / कोठा
शाखा
जिम्मेवार
प्र.अ. / शाखा हेर्ने ना.सु.
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026

अन्य कार्यालय: नागरिकता प्रमाणपत्र →