वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. अनुसूची १ काे फाराममा वडा कार्यालयकाे सिफारिस २. बाबुकाे नागरिकता र विवाहित महिला भए पतिकाे नागरिकताकाे फाेटाेकपी समेत पेश गर्नुपर्ने । ३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी । ४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि । ५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी । ६. अटाे साइजकाे फाेटाे २ प्रति । नाेटः उपर्युक्त प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । बसाईंसराई गरी अाउनेकाे हकमा निम्न लिखित थप कागजप्रमाण पेश गर्नुपर्नेः १. स्थानीय पञ्जिकाधिकारीकाे कार्यालयबाट जारी भएकाे बसाईंसराईकाे प्रमाणपत्र । २. जग्गाधनी प्रमाणपुर्जा । ३. नक्शा पास प्रमाणपत्र । ४. पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण ।
- शुल्क
- रु १० काे टिकट
- लाग्ने समय
- प्रमाण पुगेकै दिन
- काउन्टर / कोठा
- शाखा
- जिम्मेवार
- प्र.अ. / शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-23) · जाँचिएको 19 Oct 2026