संस्था दर्ता
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, सुनसरी
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- संस्था दर्ता १. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई संबोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन । २ सम्वन्धित स्थानीय तहको सिफारिश । ३. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको शिर र पुच्छारमा दस्तखत गरेको विधान ३ प्रति र विधानको पिडिएफ Format मा soft copy फाइल साथ पेश गर्ने । ४. निम्न कुराहरु खुलेको भेलाको सर्वसम्मत निर्णय, तदर्थ समितिका पदाधिकारीहरुको चयन गरिएको । संस्थाको नाम र ठेगाना । कम्तिमा ९ सदस्यीय ( ४ जना पदिधकारी, ५ जना सदस्य रहने) कार्य समितिको गठन गर्ने। जिल्ला प्रशासन कार्यालय सुनसरीमा संस्था दर्ता गर्ने निर्णय । ५ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नागरिकताको स्वंयम प्रमाणित प्रतिलिपी १/१ प्रति । ६ तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, सम्पर्क नं., ई-मेल, दस्तखत र फोटोसहितको नामावली । ७ पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन । ८ तदर्थ समितिका पदाधिकारीहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने । ९ संस्थाको नाम र उद्देश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया तथा सहमती लिनुपर्ने भएमा सोको सिफारिस
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- संस्था दर्ता १. कोठा नं. १७ मा तोक आदेश हुने । २. कोठा नं. ३ बाट सेवा प्रदान गरिने ।
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026