राहदानी सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मुगु
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- क) तोकिएको ढाँचाको विवरण भरि रितपुर्वक २ प्रति फोटो सहितको निवेदन ख) नागरिकतको प्रतिलिपि र नागरिकताको अभिलेख रुजु गरेको नागरिकताको प्रतिलिपि ग) नाबालकको राहदानी लिनुपर्दा नाबालक परिचय पत्रको छायाकपी र रितपुर्वक २ प्रति फोटो सहितको निवेदन घ) विवाह भै आएका महिलाहरुको हकमा भने पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र र नागरिकता अन्य जिल्लाबाट भए सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख भिडेको पत्र । ङ) कर्मचारी परिवारको हकमा माथि उल्लेखि गरिए बाहेक कार्यरत कार्यालयको सिफारिस पत्र च) च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनुदिनु पर्ने र राजश्व पनि दोब्बर लाग्नेछ ।
- शुल्क
- रु.५०००/-राजश्व दस्तुर नावालकको हकमा नियमानुसार राजश्व दस्तुर लाग्ने ।
- लाग्ने समय
- प्रमाण पुराएर फाराम बुझाएको ३० दिन सम्ममा
- काउन्टर / कोठा
- कोठा 102
- जिम्मेवार
- कोठा नं.१०२
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-03-32) · जाँचिएको 16 Oct 2026