नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, मोरङ
अहिले बन्द · सार्वजनिक बिदा: Dashain
- आवश्यक कागजात
- १. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस २. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि ३. बाबु र आमाको विवाह दर्ता प्रमाण ४. बाबु र आमासंगको नाता प्रमाण ५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि ६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण ७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस ८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।
- शुल्क
- - रु १०।– को टिकट - प्रतिलिपिका लागि रु २० को टिकट दस्तुर लाग्नेछ ।
- लाग्ने समय
- सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन
- काउन्टर / कोठा
- स.प्र.जि.अ . शाखा
- जिम्मेवार
- प्र.अ. /स.प्र.जि.अ . शाखा हेर्ने ना.सु.
- प्रक्रिया
- बडापत्रमा उल्लेख छैन
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-22) · जाँचिएको 16 Oct 2026