DigiNepal
Englishनेपाली

नाबालक परिचय पत्र तथा प्रतिलिपि

सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बझाङ

अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
आवश्यक कागजात
वुवा र आमाको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना बझाङ्ग जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ । सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको सिफारिश । तोकिएको ढाँचा अनुसारको रिचपूर्वकको निवेदन नाबालकको जन्मदर्ता प्रमाण पत्र । वुवा, आमाको नागरिकताको प्रमाण पत्र । बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो समेत । बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो । विदेशमा जन्म भएको भए सो मुलुकबाट जारी भएको जन्म प्रमाण पत्र कर्मचारी परिवार वा बसाई सराई गरि आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु । नावालक परिचय-पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नावालक परिचयपत्रको प्रतिलिपि दिइनेछ । दरखास्त दिन आउँदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति ।
शुल्क
बडापत्रमा उल्लेख छैन
लाग्ने समय
बडापत्रमा उल्लेख छैन
काउन्टर / कोठा
कोठा 5 · स.प्र.जि.अ. शाखा
जिम्मेवार
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार
प्रक्रिया
बडापत्रमा उल्लेख छैन

स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2075-09-10) · जाँचिएको 16 Oct 2026