नाबालक परिचयपत्र तथा प्रतिलिपि
सेवा दिने कार्यालय · जिल्ला प्रशासन कार्यालय, बैतडी
अहिले बन्द · बिहान ९:०० बजे खुल्छ
- आवश्यक कागजात
- नाबालक परिचयपत्र तथा प्रतिलिपि तोकिएको ढाँचामा स्थानीय तह वा सरकारी अधिकृतले सिफारीस गरेको सिफारिस। बाबु र आमाको नागरिकता प्रमाणपत्रको र फोटोकपी । बाबु र आमाको विवाह दर्ता प्रमाणपत्रको र फोटोकपी । बच्चाको जन्म दर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रको सक्कल र फोटोकपी। संरक्षक भई आउने व्यक्तिको सक्कल नागरिकता प्रमाण पत्र र संरक्षक भएको प्रमाण सहित सनाखत । नाबालक संग नाता खुल्ने अभिभावकको फोटो समेतको नाता प्रमाणित । बाहिरी जिल्लाबाट बसाइसराई गरी आएकाको हकमा : बसाइसराई दर्ताको प्रमाण पत्र सक्कल तथा फोटोकपी । जग्गाधनी प्रमाणपत्र, पानी, घरको बिजुली महसुल बुझाएको रसिद । विदेशमा जन्म भएका नाबालकहरुको हकमा : नेपाल बाहिर जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate नेपाल आउदा प्रयोग भएको बच्चाको one way Travel Document वा राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको) बच्चा लिएर आउने बाबुआमाको राहदानी (सो मा लागेको अध्यागमन कार्यालयको नेपालको छाप सहितको) कर्मचारी परिवारको हकमा : कार्यरत कार्यालयको वा निकायको सिफारिस पत्र । बाबु आमाको नागरिकता अन्य जिल्लाको भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्रको अभिलेख अनिवार्य रुपमा बुझिनेछ ।
- शुल्क
- बडापत्रमा उल्लेख छैन
- लाग्ने समय
- बडापत्रमा उल्लेख छैन
- काउन्टर / कोठा
- बडापत्रमा उल्लेख छैन
- जिम्मेवार
- बडापत्रमा उल्लेख छैन
- प्रक्रिया
- नाबालक परिचयपत्र तथा प्रतिलिपि
स्रोत: कार्यालयको नागरिक बडापत्र (प्रकाशित 2083-06-29) · जाँचिएको 16 Oct 2026