राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह नरोकिने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ । आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गरेको हो । विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित रूपमा भइरहेको छ । तर, नागरिकको विवरण प्रमाणीकरण गर्न आवश्यक पर्ने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो ।
विभागले गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको हकमा यस्तो समस्या देखिएको जनाएको छ । ‘अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टम’ (स्वचालित रूपमा मानिसको विवरण प्रमाणीकरण गर्ने प्रणाली) को क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै विभागले आगामी दुई साताभित्र उक्त कार्य सम्पन्न भई विवरण प्रमाणीकरण सेवा नियमित हुने अपेक्षा गरेको छ ।
विभागले यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका सेवाप्रदायक निकायलाई जानकारी गराउनुका साथै आवश्यक समन्वय गरिसकेको जनाएको छ ।
पछिल्लो समय राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन असहज भएको भन्दै सेवाग्राहीबाट गुनासो आउने गरेको थियो । यस्तो अवस्थालाई सम्बोधन गर्दै विभागले गत असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएकाहरू सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने जनाएको छ ।
विभागले सम्बन्धित सबै निकायलाई उक्त व्यवस्थाबारे जानकारी गराउँदै प्रमाणीकरणमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न असहज हुने अवस्था हुन नदिन आग्रह गरेको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesकरदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५…
Newभूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले हाल ३३ वटा स्थानीय तहबाटै सञ्चालन…
Newभारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार
भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर…
Newयस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
काठमाडौँ- नेपालमा हाल पश्चिमी वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको सामान्य असर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
Newदेशभर आंशिक बदली: लुम्बिनीका एक-दुई स्थानमा वर्षा, तराई र उपत्यकामा बिहानपख कुहिरो
देशको मौसम प्रणालीमा आंशिक फेरबदल आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभर आज दिउँसो आंशिक बदली रहनेछ। महाशाखाका…
Newसरकारी कार्यालयको समय परिवर्तन: कात्तिक १६ देखि माघ १५ सम्म बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्रै चल्ने
हिउँदको समय सुरु भएसँगै नेपाल सरकारले देशभरका सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन गरेको छ। आज (कात्तिक १६ गते) देखि लागू हुने गरी आगामी तीन महिना (माघ १५ गतेसम्म) का लागि…
New
Comments 0
No comments yet. Start a respectful conversation.