अंतिम चरण में पोखरा-मुग्लिन सड़क उन्नयन
मशीन अनुवाद मूल देखें
मूल शीर्षक: पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
पृथ्वी हाईवे के तहत पोखरा-मुग्लिन सड़क को अपग्रेड करने का काम अंतिम चरण में पहुंच गया है। उस सड़क (पोखरा-जमुने) के पश्चिमी खंड की भौतिक प्रगति 86 प्रतिशत तक पहुंच गई है...
पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । “सडक विस्तार तथा स्तरोन्नतिको काम सकिएर त्रुटि सच्चाउने अवधि (डिएलपी) सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “डिएलपीपछि थप पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा पनि निर्माण कम्पनीकै रहन्छ ।” इन्जिनियर पाण्डेका अनुसार कूल ४१.४५ किमि दूरीको उक्त खण्डमा दमौली र डुम्रे बजारमा गरी करिब दुई किमि सडक छ लेन र अन्यत्र चार लेनमा विस्तार तथा स्तरोन्नति गरिएको छ । पूर्वी खण्डमा साना–ठूला गरी १७ वटा पक्की पुल निर्माण भएको उहाँले बताउनुभयो ।
तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताउनुभयो । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम विसं २०७८ वैशाखदेखि सुरु भएको थियो । निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले रु छ अर्ब २१ करोड ३१ लाख लाखमा पूर्वी खण्ड निर्माणको जिम्मा पाएको थियो ।
गण्डकी प्रदेशको ‘लाइफलाइन’का रुपमा रहेको उक्त सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ । निर्माणको चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले चार लेनको फराकिलो सडकमा यात्रा गर्न पाएका छन् ।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सक्ने लक्ष्य लिइएको बताउनुभयो । “पश्चिम खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ, झण्डै पाँच किमि जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरु धमाधम भइरहेको छ ।”
पोखरा महानगरपालिका–१० अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताउनुभयो । निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उहाँले बताउनुभयो । “सडक हस्तान्तरण गरेपनि ठेक्का सम्झौताअनुसार एक वर्षसम्म डिएलपी र पाँच वर्षसम्म मर्मतको काम निर्माण कम्पनीले नै गर्छ”, उहाँले भन्नुभयो ।
कूल ३८.८८ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमि दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताउनुभयो । “पश्चिम खण्डमा सहरी क्षेत्र बढी भएकाले छ लेनमा सडक विस्तार गरिएको हो”, उहाँले भन्नुभयो, “तनहुँतर्फ दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन सडक निर्माण भएको छ ।” यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।
तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले रु सात अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्डको ठेक्का पाएको थियो । कूल ८१ किमि दुरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम गरिएको हो । सरकारको प्राथमिकताप्राप्त यस सडक आयोजना निर्माणले सुरुमा गति लिन नसकेपछि पोखराका पर्यटन व्यवसायीलगायतले काममा ढिलासुस्ती नगर्न दबाब बढाएका थिए ।
गण्डकी प्रदेशको राजधानी जोड्ने मुख्य सडकमार्गको स्तरोन्नतिले यस क्षेत्रको आर्थिक र पर्यटकीय गतिविधि बढाउन टेवा पुगेको छ । पोखरा आउजाउ गर्दा धुलो र हिलो छिचोल्दै घण्टौँको यात्रा गर्नुपर्ने पर्यटक र सर्वसाधारणको बाध्यता पनि सधैँका अन्त्य भएको छ । सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरु पनि खुला र आकर्षक देखिएका छन् । अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकलगायत ठाउँमा मापदण्ड विपरीतका संरचना हटाएर सडक र चोकलाई चौडा बनाइएको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
संबंधित अपडेट
सभी अपडेटभैरहवा कस्टम्स को लक्ष्य से चार अरब अधिक राजस्व मिला
भैरहवा सीमा शुल्क कार्यालय ने चालू वित्त वर्ष के पहले तीन महीनों में लक्ष्य से अधिक राजस्व एकत्र किया है। कार्यालय ने अगस्त से लेकर... तक 33.34 अरब रुपये एकत्र किए हैं।
नया
स्काई ब्रिज के निर्माण के लिए पृथ्वी हाईवे का माझिमटर सेक्शन आज 2 घंटे के लिए पूरी तरह बंद रहेगा
धादिङ में बेनीघाट रोआरंग ग्रामीण नगरपालिका-9 का माझिमटर (पृथ्वी राजमार्ग) खंड मंगलवार को भी 2 घंटे के लिए पूरी तरह से बंद रहेगा। सड़क के उन्नयन...
नयाकरदाता प्रोत्साहन कार्यक्रमः 16 विजेताओं की घोषणा
आंतरिक राजस्व विभाग ने करदाता प्रोत्साहन उपहार कार्यक्रम के तहत इस वर्ष 1 से 15 नवंबर के लिए विजेता की घोषणा की है। आज यहां आयोजित एक कार्यक्रम में एक...
नयाराष्ट्रीय पहचान पत्र विवरण प्रमाणित नहीं किया जाएगा, लेकिन सेवा प्रवाहित नहीं होगी
राष्ट्रीय पहचान पत्र और पंजीकरण विभाग ने स्पष्ट कर दिया है कि राष्ट्रीय पहचान पत्र विवरण के प्रमाणीकरण की कमी के बावजूद सार्वजनिक सेवाएं प्रवाहित हो रही हैं। आज हमारे पास एक जानकारी...
नयाभूमि प्रशासन से संबंधित सेवाएं एक महीने के भीतर सभी स्थानीय स्तरों से होंगीः प्रधानमंत्री
प्रधानमंत्री वलेंद्र शाह ने कहा है कि भूमि प्रशासन से संबंधित सेवाएं एक महीने के भीतर सभी स्थानीय स्तरों से प्रवाहित होंगी। आज सोशल मीडिया के माध्यम से वह इस समय 33...
नयाभारतीय पर्यटक को हेलीकॉप्टर से बचाया गया
भारी बर्फबारी के कारण डोल्पा के दानीगढ़ में फंसे एक भारतीय पर्यटक से शी-फॉक्सुंडो ग्रामीण नगरपालिका-8 को हेलीकॉप्टर द्वारा बचाया गया है। आज सुबह 6 को पर्यटक से पूछा गया कि...
नया
Comments 0
No comments yet. Start a respectful conversation.