DigiNepal

पश्चिमी और मध्य तराई समेत काठमांडू घाटी में घना कोहराः दोपहर तक मौसम का पूर्वानुमान

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: पश्चिम र मध्य तराईसहित काठमाडौं उपत्यकामा बाक्लो हुस्सु: मध्याह्नसम्ममा मौसम खुल्ने पूर्वानुमान

काठमांडू घाटी सहित तराई क्षेत्र और घाटियों के अधिकांश हिस्सों में अब सुबह घना कोहरा और धुंध छाई हुई है। नेपाल मौसम विभाग, मौसम पूर्वानुमान...

तराईका अधिकांश भूभाग तथा काठमाडौं उपत्यकासहितका उपत्यकाहरूमा अहिले बिहान बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पश्चिम र मध्य तराईका क्षेत्रमा हुस्सुको प्रभाव बढी देखिएको छ।

​आज बिहान ७:१० बजे महाशाखाले उपग्रहबाट प्राप्त मौसम चित्र (Satellite Image) सार्वजनिक गर्दै हुस्सुको स्थितिबारे जानकारी गराएको छ।

महाशाखाका अनुसार उक्त चित्रमा देखिएको 'चम्किलो आकासे निलो वा हरियो मिसावट भएको रङ (Light-cyan / Aqua blue)' ले हुस्सु, कुहिरो तथा जमिनको सतह नजिकै रहेको न्यून बादललाई संकेत गर्छ।

​प्रमुख प्रभावित क्षेत्रहरू:

​पश्चिम तथा मध्य तराई: नेपालगन्ज, घोराही, भैरहवा र आसपासका क्षेत्रहरूमा यो रङ स्पष्ट रूपमा फैलिएको देखिएको छ, जसले यी भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको पुष्टि गर्दछ।

​उपत्यका तथा अन्य क्षेत्र: काठमाडौंलगायतका उपत्यकाहरूका साथै सिमरा र त्यस आसपासका भूभागमा पनि हुस्सु तथा कुहिरोको प्रभाव फैलिएको मौसम महाशाखाले जनाएको छ।

​पहाडी र हिमाली क्षेत्रको मौसम:
बिहानको समयमा तराई र उपत्यकामा हुस्सुले जनजीवन केही प्रभावित बनाए पनि पहाडी तथा हिमाली भूभागका धेरैजसो स्थानमा भने बिहानैदेखि मौसम सफਾ भई घाम लागेको छ।

​मौसम पूर्वानुमान र सावधानी:
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानको समयमा देखिएको यो हुस्सु तथा कुहिरोको प्रभाव मध्याह्नसम्ममा क्रमशः कम हुँदै गई मौसम खुल्दै जाने सम्भावना रहेको छ।

​बिहानको समयमा दृश्यता (Visibility) कम हुने भएकाले सवारीसाधन चालन गर्दा, हवाई उडान तथा तराईको जनजीवनमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
​स्रोतः नेपाल मौसम पूर्वानुमान महाशाखा

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    संबंधित अपडेट

    सभी अपडेट