DigiNepal

विदेश मंत्री खनाल और संयुक्त राष्ट्र के अवर महासचिव खरे के बीच शांति स्थापना पर चर्चा

मशीन अनुवाद मूल देखें

मूल शीर्षक: परराष्ट्रमन्त्री खनाल र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच शान्ति स्थापनाबारे छलफल

काठमांडू, 10 अगस्तः विदेश मंत्री शिशिर खनाल ने शुक्रवार को संयुक्त राष्ट्र के अवर महासचिव और ऑपरेशन सपोर्ट विभाग के प्रमुख अतुल खरे...

काठमाडौँ, १० असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको साइडलाइन भेटवार्तामा नेपाल–संयुक्त राष्ट्रसङ्घ सहकार्य तथा राष्ट्रसङ्घीय शान्ति स्थापनाका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको डिपार्टमेन्ट अफ अपरेसन सपोर्टले विश्वभर राष्ट्रसङ्घीय निकायका लागि आवश्यक सञ्चालन तथा सहयोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

भेटमा मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको दीर्घकालीन र निरन्तर योगदानबारे चर्चा गर्नुभएको थियो । नेपालले विश्व शान्ति र सुरक्षाका लागि विभिन्न राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा सैनिक तथा सुरक्षा जनशक्ति परिचालन गर्दै आएको र शान्ति स्थापनाका क्षेत्रमा नेपालको प्रतिबद्धता निरन्तर रहने विषयमा उहाँले जोड दिनुभएको थियो ।

उपमहासचिव खरेसँगको भेटमा शान्ति स्थापनाका क्रममा नेपाली शान्ति सैनिकले सामना गर्ने विभिन्न सञ्चालनगत तथा व्यवस्थापकीय पक्ष, आवश्यक सहयोग र राष्ट्रसङ्घीय शान्ति अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभयो ।

संबंधित अपडेट

सभी अपडेट