DigiNepal

आज काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना न्यून, मौसम आंशिक बदली रहने

Office of the Prime Minister and Council of Ministers · Posted by Moti Khanal
Published

काठमाडौँ। आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना निकै कम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् निष्ठा निरौलाका अनुसार आज उपत्यकामा हल्का वर्षा हुने सम्भावना २० प्रतिशत मात्र रहेको छ। "यो भनेको वर्षा हुने सम्भावना एकदमै कम हुनु हो," मौसमविद् निरौलाले भन्नुभयो, "वर्षा हुन पनि सक्छ र नहुन पनि सक्छ। यदि भइहालेमा पनि दिउँसो वा साँझतिर हल्का रूपमा हुने सम्भावना देखिन्छ।"

उहाँका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम मुख्यतया घाम-बादल (आंशिक बदली) को अवस्थामा रहनेछ।

यसैबिच, आज बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। महाशाखाका अनुसार बिहान ८:४५ बजे लिइने आधिकारिक मापनसम्म न्यूनतम तापक्रम अहिलेको दाँजोमा थोरै घट्न सक्ने आकलन गरिएको छ।

Source: National Portal of Nepal (nepal.gov.np). DigiNepal mirrors public updates from the National Portal for easier reading and discovery. DigiNepal is an independent service and is not affiliated with, or endorsed by, the National Portal of Nepal or the offices that publish there. Always check the source for the authoritative version.

More official updates