महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट

विपद् प्रभावित क्षेत्रमा मानवीय सहायता तथा विपद् प्रतिकार्यसम्बन्धी काम गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १४९ वटा नयाँ परियोजना स्वीकृत भएका छन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार भदौ १५ देखि ३० गतेसम्म १४६ वटा संस्थाका १४९ नयाँ परियोजना स्वीकृत भएका हुन्। ती परियोजनाको कुल बजेट रु. १ अर्ब २७ करोड ७९ लाख ५७ हजार ५१७ रहेको छ।
यस अवधिमा थप दुई संस्थाका परियोजना संशोधन गरिएको छ। नयाँ परियोजना तथा संशोधनसमेत गरी विपद् प्रभावित क्षेत्रमा सञ्चालन हुने परियोजनाको कुल बजेट रु. १ अर्ब २८ करोड ७ लाख ५२ हजार २६७ पुगेको मन्त्रालयले जनाएको छ।
विपद् प्रभावित क्षेत्रमा प्रतिकार्यसम्बन्धी कामका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई छोटो प्रक्रियाबाट सम्झौता गर्न सकिने व्यवस्था गरिएको छ। सोही निर्णयअनुसार असोज १५ गतेसम्म समाज कल्याण परिषद्बाटै परियोजना सम्झौता गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयको दैनिक कार्य अपडेटमा उल्लेख छ।
यसैबीच, हालसम्म ५९ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले रु. ४२ करोड २८ लाख ८२ हजार ६३६ बराबरको राहत सामग्री सहयोग गरेका छन्। ती संस्थाबाट रु. ४ करोड ६२ लाख १६ हजार २३६ नगद प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ।
त्यस्तै, ४३ वटा राष्ट्रिय गैरसरकारी संस्थाले रु. २० करोड ४८ लाख ८६ हजार ०६३ बराबरको सहयोग गरेका छन्। राष्ट्रिय गैरसरकारी संस्थाबाट थप रु. ४ करोड २१ लाख ८५ हजार ३७३ नगद प्रधानमन्त्री राहत कोषमा जम्मा भएको मन्त्रालयले जनाएको छ।
यसैगरी, भोटेकोशी बाढी प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि निर्माण भइरहेको केन्द्रमा दुई स्थायी र एक अस्थायी शौचालय निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने टायल जडानको काम करिब ९० प्रतिशत पूरा भएको छ। केन्द्रमा एक बालक आमा र काकासहित आश्रयमा रहेका छन्। केन्द्रमा मनोसामाजिक परामर्शदाता, हेरचाहकर्ता र खाना पकाउने कर्मचारीको समेत व्यवस्थापन गरिएको छ।
यसैगरी, रसुवाका दुई महिलालाई जटिल प्रसूति समस्या भएपछि हवाई उद्धार गरी काठमाडौँस्थित परोपकार प्रसूती अस्पताल, थापाथली ल्याइएको छ। कालिका गाउँपालिका–२ की ३२ वर्षीया लक्ष्मी थोक्रा र उत्तरगया गाउँपालिका–४ की ३६ वर्षीया रञ्जिता बुलुनलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।


Documents 1
- MWCGSMSS Daily Update Sep 16.pdfPDF · 2 pages · 277 KBDownload
Text extracted from the PDF: MWCGSMSS Daily Update Sep 16.pdf
Machine-extracted for search and accessibility. It may contain errors and is not the official text; the attached document is the authoritative version.
नेपाल सरकार
महिला, बालबाललका, लैङ्गिक तथा यौनिक अल्पसङ््यक र सामाजिक सुरक्षा मन्त्रालय
बाढी तथा मानवीय संकटसम्बन्धी दै ननक कायय अपडेट
ममनत: २०८३ भदौ ३१ गते / 16 September 2026
१. भोटे कोशी बाढी प्रभावित बालबाललकाको अस्थायी संरक्षणका लागि पि
ू ााधार व्यिस्थापि
भोटे कोशी बाढी प्रभाववत बालबामलकाको अस्थायी संरक्षणका लागग ननमायण भइरहे को
अस्थायी संरक्षण केन्रमा द ुईवटा स्थायी तथा एकवटा अस्थायी शौचालय ननमायण भई
सञ्चालनमा आएको छ। यसका साथै पोमलफाइबरको काम सम्पन्न भएको छ भने टायल
जडान कायय कररब ९० प्रनतशत पूरा भएको छ। एक जना बालक आमा र काकासहहत
केन्रमा आश्रयमा रहे का छन ्। ववमभन्न संस्थाहरूसँगको समन्वयमा केन्रमा एक जना
मनोसामाजजक परामशयदाता, एक जना हे रचाहकताय र एक जना खाना पकाउने कमयचारीको
व्यवस्थापन गररएको छ।
२. विपद् प्रभावित ज्येष्ठ िािररकको संरक्षण
क) आज प्राप्त वववरण अनुसार अस्थायी आश्रयस्थलमा बसोबास गरररहे का बाढी प्रभाववत
ज्येष्ठ नागररकहरूको वववरण दे हायअनुसार रहे को छः
क्र.स
आश्रयस्थल रहेको स्थान
ज्येष्ठ
कैफफयत
नागररक
१
गणेश
आधारभत
ु
ववद्यालय, 3
उत्तरगया-१
जम्मा
३
जजल्ला
प्रशासन
कायायलय
रसुवाको ममनत २०८३/५/३० को
वववरण अनुसार
३. विपद् प्रभावित स्थािीय तिमा रिे का ज्याि िोखिममा रिे का िभािती, सुत्केरी तथा
िििात लशशुको ििाई उद्धार
कामलका गाउपामलका वडा नं. २ ननवासी बर्य ३२ की लक्ष्मी थोक्रा र उत्तरगया गाउपामलका
वडा ४ ननवासी बर्य ३६ की रं जजता बल
ु न
ु लाई जहटल प्रसनु त समस्या सज
ृ ना भई स्थानीय
स्वास््य संस्थामा उपचार हुन नसकी हवाई उद्दार गरी परोपकार प्रसत
ु ी अस्पताल,
थापाथलीमा ल्याईएको छ।
४. विपद् प्रभावित क्षेरमा विपद् प्रनतकाया सम्बजन्त्धत काया ििाका लागि अन्त्तराजष्िय
िैरसरकारी संस्थािरूलाई सििीकरण
ववपद् प्रभाववत क्षेत्रमा ववपद् प्रनतकायय सम्बजन्धत कायय गनयका लागग अन्तराजष्िय
गैरसरकारी संस्थाहरूलाई छोटो प्रफक्रयाबाट सम्झौता गनय ममनत २०८३ असोज १५ सम्मका
लागग समाजकल्याण पररर्द्बाटै पररयोजना सम्झौता गनय सफकने गरी ननणय भएअनुसार
२०८३ भार भार १५ दे खख ३० गतेसम्म १४६ वटा संस्थाको १४९ वटा नयाँ पररयोजना (कुल
बजेट रू १ अबय २७ करोड ७९ लाख ५७ हजार ५१७) स्वीकृनत तथा २ वटा संस्थाको
पररयोजना संशोधन गररएको छ। नयाँ पररयोजना र पररयोजना संशोधन गरी कुल बजेट रु
१ अबय २८ करोड ७ लाख ५२ हजार २६७ बराबरको पररयोजना ववपद् प्रभाववत क्षेत्रमा कायय
गने गरी स्वीकृत भएको छ।
५. विपद् प्रभावितिरूलाई विपद् प्रभावित क्षेरमा िैरसरकारी संस्थाबाट राित सामग्री पररचालि
क) समाज कल्याण पररर्द्बाट प्राप्त वववरण अनुसार हालसम्म ५९ वटा अन्तरायजष्िय
गैरसरकारी संस्थाले कुल रू. ४२ करोड २८ लाख ८२ हजार ६३६ बराबरको राहत
सामग्री सहयोग गरे का छन ्। हालसम्म अन्तरायजष्िय गैरसरकारी संस्थाले नगद रू. ४
करोड ६२ लाख १६ हजार २३६ प्रधानमन्त्री दै वी प्रकोप उद्धार कोर् र प्रधानमन्त्री
राहत कोर्मा रकम जम्मा गरे का छन ्।
ख) हालसम्म ४३ वटा राजष्िय गैरसरकारी संस्थाले कुल रू. २० करोड ४८ लाख ८६ हजार
०६३ बराबरको सहयोग गरे का छन ्। यसका साथै, राजष्िय गैरसरकारी संस्थाहरूबाट
हालसम्म नगद रू. ४ करोड २१ लाख ८५ हजार ३७३ प्रधानमन्त्री राहत कोर्मा जम्मा
भएको छ।Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको छ।…

समाज कल्याण परिषद्को पहिलो बैठक : सम्पत्ति व्यवस्थापनदेखि बेरुजु शून्य बनाउनेसम्मका महत्वपूर्ण निर्णय
समाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३/०८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति संरक्षण तथा व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै…
3 images
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माण भइरहेको संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। यसैबीच, विपद्…
1 file
विपद् प्रभावित विशेष संरक्षण आवश्यक भएका बालबालिकाका लागि ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन
राष्ट्रिय बाल अधिकार परिषद्ले विपद्का कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र स्थापना गरी सञ्चालनमा…
1 imageमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले गैरसरकारी संस्थामार्फत हुने मानवीय सहायता परिचालनलाई तीव्रता दिएको छ। पछिल्लो…
1 file
मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, मनमोहन अस्पतालमा उपचार
बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का मुटुसम्बन्धी समस्या रहेका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। मुटुसम्बन्धी समस्या रहेका…
1 image

Comments 0
No comments yet. Start a respectful conversation.