DigiNepal

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

सम्मेलनका क्रममा मन्त्री गुरुङले सहभागी विभिन्न मुलुकका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानका विषयमा महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको छ।

​सम्मेलनमा उच्चस्तरीय नीतिगत बहस, विषयगत तथा प्राविधिक सत्र, कार्यशाला एवं तालिम, अन्तर्राष्ट्रिय सुरक्षा प्रदर्शनी र ‘विश्व प्रहरी पुरस्कार’ वितरणलगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

​विश्वभरका सुरक्षा निकायका प्रमुख तथा नीति निर्माताहरूको सहभागिता रहने उक्त सम्मेलनमा विभिन्न १४ वटा विषयगत क्षेत्रमा गहन छलफल हुनेछ। जसमा मुख्यतः रक्षा तथा संकट प्रतिकार्य, कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रहरी सेवा, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रणका विषय समेटिएका छन्।

​यसैगरी, आधुनिक अपराध अनुसन्धान, गुप्तचर सूचना तथा फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणालीका साथै भूउपग्रह सूचना र अन्तरिक्ष सुरक्षाजस्ता समसामयिक चुनौती तथा प्रविधिगत विषयमा समेत सम्मेलन केन्द्रित रहने छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates