२ हजार जनाको लक्ष्य राखेको निःशुल्क AI तालिममा ६८ हजारभन्दा बढी आवेदन, सबै आवेदकलाई तालिम दिने निर्णय
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाईमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective Prompt Engineering’ विषयक निःशुल्क अनलाइन तालिममा ६८ हजार भन्दा बढी आवेदन प्राप्त भएका छन् । सुरुमा दुई हजार युवालाई लक्षित गरी योजना गरिएको उक्त तालिममा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको छ ।
यसका लागि तालिम सुरु हुनुभन्दा दुई घण्टाअघि SMS मार्फत लिंक पठाइने व्यवस्था गरिएको र प्राप्त लिंकबाट तालिममा आवेदन दर्ता गराएका सहभागीहरूलाई मात्र दर्ता गरिएको नाम र मोबाइल नम्बरका आधारमा आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा सहभागी हुने व्यवस्था गरिएको छ ।
सुरुवाती योजनाअनुसार कात्तिक १८ र १९ गते चारवटा छुट्टाछुट्टै सत्रमा प्रतिसत्र ५०० जनाका दरले जम्मा दुई हजार जनालाई तालिम प्रदान गर्ने लक्ष्य बमोजिमको व्यवस्था गरिएको थियो । तर, देशभरका युवाहरूले देखाएको उत्साह र अत्यधिक सहभागितालाई ध्यानमा राख्दै तालिमको पहुँच विस्तार गरी सबै आवेदकलाई सहभागी गराउने निर्णय भएको छ । यसअघि पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन् ।
यो तालिम देशभरका युवालाई कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी आधारभूत ज्ञान र व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन हुन लागेको हो । तालिममा मुख्य रुपमा ChatGPT, Claude लगायतका एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी Prompt लेखन, इमेल तथा कार्यालयसम्बन्धी कागजात तयार गर्ने, प्रेजेन्टेसन निर्माण गर्ने, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच्नेलगायतका विषयहरु समेटिनेछन् । यो कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत तहको तालिम भएकाले सहभागीहरूलाई एआई प्रविधिसँग परिचित गराउने र दैनिक जीवन, अध्ययन, रोजगारी तथा व्यावसायिक कार्यमा यस उपकरणको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य छ ।
प्रविधिको तीव्र विकाससँगै बदलिँदो श्रम बजारका लागि युवाहरूलाई तयार गर्न एआई साक्षरता महत्त्वपूर्ण छ । यसर्थ, एआईसम्बन्धी आधारभूत साक्षरतालाई केही सीमित व्यक्तिको पहुँचमा मात्र सीमित नराखी देशभरका युवासम्म विस्तार गर्नु मन्त्रालयको उद्देश्य रहेको छ ।
तालिमका लागि आवेदन दिएका सबै सहभागीलाई आफूले आवेदन फाराममा रोजेको सत्रअनुसार तालिममा मोबाइल फोन वा ल्यापटपबाट सहभागी हुने व्यवस्था गरिएको छ ।
उक्त कार्यक्रम प्रत्यक्ष (Live) अनलाइन तालिम भएकाले सहभागीहरूलाई निर्धारित समयमा उपस्थित भई ध्यानपूर्वक कक्षामा सहभागी हुन र सिकाइको अवसरको अधिकतम उपयोग गर्न विनम्र अनुरोध छ ।साथै, तालिममा सहभागी हुने प्रक्रिया तथा अन्य आवश्यक जानकारी प्रतिष्ठानका आधिकारिक माध्यमबाट समेत आवश्यकता अनुसार सार्वजनिक गरिनेछ।
देशभरका युवाहरूले एआई तालिमप्रति देखाएको उत्साहले प्रविधि र डिजिटल सीप सिक्ने ठूलो माग रहेको स्पष्ट भएको छ । यसलाई ध्यानमा राख्दै आगामी दिनमा पनि एआईलगायतका रोजगारमूलक तथा प्रविधिसम्बन्धी तालिमहरूलाई निरन्तरता दिँदै थप युवासम्म पहुँच विस्तार गर्ने राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको प्रतिबद्धता रहेको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले ING Group Pvt. Ltd. र ज्ञान बजार अनलाइन प्रा.लि.को सहकार्यमा उक्त निःशुल्क अनलाइन तालिम सञ्चालन गर्दैछ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
डब्लूटीएम: उच्चस्तरीय भेटवार्तामा पर्यटनमन्त्री पौडेल, हवाई सम्पर्क विस्तार र पर्यटन लगानी भित्र्याउनेबारे छलफल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटक आगमन वृद्धि तथा पर्यटन…
Newनेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३ कात्तिक १८ का निर्णयहरू:
- वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी…
Newनेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय
सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा डा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीलाई…
Newसमस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौँ, १८ कात्तिकः सात वटा समस्याग्रस्त सहकारीले १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी,…
New
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता
काठमाडौँ, १८ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले…
New
बोलपत्रको नयाँ संस्करण सञ्चालनमा, पहिलेभन्दा अझ सुरक्षित
PROJECT 001: PPMO's Bolpatra System (e-GP) बोलपत्रको नयाँ संस्करण सञ्चालनमा आएको छ। पहिलेभन्दा अझ सुरक्षित, र सरकारले नै बनाएको। सुरक्षा जोखिमका कारण पुरानो प्रणाली स्थगित गरिएको…
New
Comments 0
No comments yet. Start a respectful conversation.