DigiNepal

सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

कास्की, १० असोज : पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् ।

सेतीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । “विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन् । हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मुल्याङ्कन गरीरहेका छौँ । अहिलेको अवस्था हेर्दा आतङ्कित हुनेभन्दा सतर्क र सचेत बन्नु आवश्यक छ । खतरा हुने वित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा छौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो ।

बजारको मध्य भाग भएर बग्ने नदीको बहाव रोकिएर ताल बनेपछि पोखरेली भने त्रसित छन् । यसैगरी अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सडकहरू भने अवरुद्ध भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ ।

मोदीले शुक्रबार साँझ स्याउली बजारमा १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सम्पर्क विच्छेद छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • अर्थमन्त्री वाग्ले कतार प्रस्थान

      काठमाडौँ, १० असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ । बैठकमा…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने मौसम विभागको पूर्वानुमान, सतर्कता अपनाउन अपिल

      काठमाडौं । देशका विभिन्न भागमा निरन्तरको वर्षासँगै तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आम सर्वसाधारणमा सतर्कता…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • प्रधानमन्त्री शाह स्वदेश फिर्ता

      काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • नारायणी नदीले सतर्कता तह पार गर्‍यो

      चितवन, १० असोजः नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

      काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

      काठमाडौँ, १० असोजः भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ ।…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३