DigiNepal

अनाधिकृत रूपमा बिदामा बस्ने र कार्यालयमा अनुपस्थित रहने ७ इन्जिनियर सरकारी सेवाबाट बर्खास्त

Picture published with this update

​काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहने तथा पूर्वस्वीकृतिबिना बिदामा बस्ने सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।

​मन्त्रालयको २०८३ कात्तिक २० गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) का ती कर्मचारीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो ।

​मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार सेवाबाट हटाइएकामध्ये छ जना इन्जिनियर लामो समयसम्म कार्यालयमा हाजिर नभई सम्पर्कविहीन रहेको कसुरमा कारबाहीमा परेका हुन् । यसरी कारबाहीमा पर्नेहरूमा पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेशप्रसाद पौडेल रहेका छन् ।

​यसैगरी, विभागीय स्वीकृतिबिना आफूखुसी बिदामा बसेको कसुरमा इन्जिनियर पदमेन्द्रप्रसाद श्रेष्ठलाई पनि सरकारी सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

​कार्यालयको अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै उनीहरूमाथि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) र (ज) तथा सोही ऐनको दफा ५९ को खण्ड (ख) को (१०) बमोजिम विभागीय कारबाही गरिएको सूचनामा उल्लेख छ ।

​यद्यपि, बर्खास्त गरिएका सातै जनालाई भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले सम्बन्धित सबैको जानकारीका लागि उक्त निर्णयसहितको आधिकारिक सूचना सार्वजनिक गरेको हो ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates