यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
काठमाडौँ, २० कात्तिकः नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।
चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा बालिने दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । त्यस्तै, पटकालगायतका प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा विशेष ‘चेकिङ’ टोली परिचालन गरिएको छ ।
प्रहरीले पटका नपड्काउन, जुवातास तथा सट्टेबाजी नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा चाडपर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका तथा सामाजिक सञ्जालमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको छ । जुवातास तथा अन्य अवाञ्छित गतिविधि हुनसक्ने सम्भावित क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
चाडपर्वका अवसरमा आयोजना हुने र्याली, जुलुस तथा शोभायात्राका क्रममा दुई समुदायबीच हुनसक्ने विवाद र झडप न्यूनीकरण गर्न सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रवक्ता काफ्लेले बताउनुभयो । राति अबेरसम्म चर्को आवाजमा डिजे तथा साउण्ड सिस्टम बजाउने, पटका पड्काउने र आतिशबाजी गर्ने गतिविधिबाट वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई पर्नसक्ने असरलाई ध्यानमा राखेर निगरानी बढाइएको उहाँको भनाइ छ ।
चाडपर्वका नाममा अनियन्त्रित रूपमा मादक पदार्थ सेवन गर्ने तथा जुवातास खेल्ने प्रवृत्तिले घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाका घटना हुनसक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको छ । साथै, मेला तथा सार्वजनिकस्थलमा प्लास्टिक, फूलमाला र पूजा सामग्रीको अव्यवस्थित विसर्जनबाट हुने जल तथा स्थल प्रदूषण रोक्न सम्बन्धित पक्षसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ ।
प्रवक्ता काफ्लेले नागरिकलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्दै नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव साथमा रहेको बताउनुभयो ।
तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व भएकाले यसलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउन प्रहरीले सबैमा आग्रह गरेको छ । पटका तथा आतिशबाजीको प्रयोगबाट आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण हुनसक्ने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न तथा घाइतेको शीघ्र उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्न प्रहरीले आग्रह गरेको छ । अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा प्रहरीको हटलाइन १०० मा जानकारी गराउनसमेत अनुरोध गरिएको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesआजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
काठमाडौँ, २० कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम…
Newआज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा
काठमाडौँ, १९ कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम…
Newकम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि…
New
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता
काठमाडौँ, १८ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले…
समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौँ, १८ कात्तिकः सात वटा समस्याग्रस्त सहकारीले १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी,…
नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय
सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा डा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीलाई…
Comments 0
No comments yet. Start a respectful conversation.