DigiNepal

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन यही असोज ६ गते संयुक्तराज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।

उहाँ नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत हुनुहुन्थ्यो ।

यसैबीच, प्रधानमन्त्री शाहभन्दाअघि नै न्युयोर्क प्रस्तान गर्नुभएका परराष्ट्रमन्त्री खनाल भने राष्ट्रसङ्घीय महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सरिक भइरहनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्री शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुननहुने उल्लेख गर्दै हाम्रा देशका मानिसलाई बारम्बार विगतको पुनर्निर्माणमा संलग्न गराइनुको साटो आफ्नो भविष्य बनाउने अवसर दिइनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद् स्थानीय त्रासदी मात्रै नभई विश्वका लागि एउटा चेतावनी पनि भएको उल्लेख गर्नुभएको थियो ।

उहाँले सम्बोधनका क्रममा जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने तथा ‘हिमनदी र बाढी ‘पासपोर्ट’मा ‘भिसा’ लगाएर यात्रा गर्दैनन्’ भनी उल्लेख गर्नुभएको थियो । प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गर्नुभएको थियो ।

भ्रमणका क्रममा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग बिहीबार भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभएको थियो ।

यसैगरी, प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • नारायणी नदीले सतर्कता तह पार गर्‍यो

      चितवन, १० असोजः नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

      काठमाडौँ, १० असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा महासभाअन्तर्गतका कार्यक्रममा नेपालको सक्रिय सहभागिताले अन्तरराष्ट्रिय मञ्चमा…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • चार प्रदेशमा तीव्र गतिको हावाहुरी चल्ने मौसम विभागको पूर्वानुमान, सतर्कता अपनाउन अपिल

      काठमाडौं । देशका विभिन्न भागमा निरन्तरको वर्षासँगै तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आम सर्वसाधारणमा सतर्कता…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

      कास्की, १० असोज : पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • अर्थमन्त्री वाग्ले कतार प्रस्थान

      काठमाडौँ, १० असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ । बैठकमा…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३
    • भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

      काठमाडौँ, १० असोजः भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ ।…

      Office of the Prime Minister and Council of Ministers१० असोज २०८३