DigiNepal

आगामी शनिबारसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण आगामी शनिबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी र पहिरोको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

​मौसमविद् डेविड ढकालका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालमा वर्षाको गतिविधि बढेको हो।

आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि मौसम निरन्तर परिवर्तन भइरहेकाले नियमित रूपमा अध्यावधिक सूचना लिन उहाँले सुझाव दिनुभएको छ।

​मौसमको आगामी स्थिति:
​आज: कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा सामान्यभन्दा केही तीव्र हावाहुरी चल्न सक्छ।

​शुक्रबार: वर्षाको प्रभाव अझ बढ्नेछ। कर्णालीदेखि पूर्वी भू-भागसम्म वर्षा केन्द्रित हुनेछ भने कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ।

​शनिबार: वर्षा र हिमपातको असर क्रमशः पश्चिमतर्फ सर्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा भारी हिमपात र अन्य भू-भागमा वर्षाको सम्भावना छ।

​पछिल्लो २४ घण्टामा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास अधिकतम १६४ मिलिमिटरसम्म वर्षा भइसकेको छ। विभागले मौसम पूर्वानुमान नक्सामा 'सुन्तला रङ' (ओरेञ्ज अलर्ट) ले देखाइएका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सजगता अपनाउन अनुरोध गरेको छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • बाढीपहिरोको जोखिम: बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि ४ दिन रात्रिकालीन सवारीमा रोक

      धुलिखेल। लगातारको भारी वर्षा र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि चार दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। ​मनसुन…

      Office of the Prime Minister and Council of Ministers८ असोज २०८३
    • भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल

      काठमाडौँ, ८ असोज- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालमा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभएको छ ।…

      Office of the Prime Minister and Council of Ministers८ असोज २०८३
    • उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      काठमाडौँ, ८ असोजः सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य…

      Office of the Prime Minister and Council of Ministers८ असोज २०८३
    • सतर्कता अपनाउनेबारे सार्वजनिक सूचना

      असोज ९ देखि ११ गतेसम्म सम्भावित अति भारी वर्षा, हिमपात तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरिन्छ। PUBLIC NOTICE In…

      Office of the Prime Minister and Council of Ministers८ असोज २०८३
      4 images
    • प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

      न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय…

      Office of the Prime Minister and Council of Ministers९ असोज २०८३
    • पहिरोले कान्ति लोकपथ अवरुद्ध

      बागमती, ९ असोजः लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ…

      Office of the Prime Minister and Council of Ministers९ असोज २०८३