स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr को शिष्टाचार भेट

आज मिति २०८३ असोज १ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग नेपालका लागि साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr ले शिष्टाचार भेट गर्नुभएको छ।
भेटका क्रममा नेपाल–साउदी अरब सम्बन्ध,आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रका सम्भावित सहयोगका विषयमा छलफल भएको छ। महामहिम राजदूतले भोटेकोशी बाढीबाट नेपालमा परेको क्षतिप्रति साउदी अरब सरकारको ऐक्यबद्धता व्यक्त गर्दै आवश्यक सहयोगका क्षेत्रलाई उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री मेहताज्यूले नेपाल र साउदी अरबबीचको सुमधुर सम्बन्ध तथा यस वर्ष मनाइँदै गरेको दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीलाई थप अर्थपूर्ण बनाउँदै जनस्तरमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
Images 5
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष सम्मान
मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि निरन्तर कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विशेष सम्मान प्रदान गरेको छ। डब्ल्यूएचओको ७९औँ…
3 imagesअन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरूको अन्तरवार्ता सम्बन्धी…
1 PDF
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/०६/०१ गते)
1 image
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/०६/०१़ गते)
1 imageरसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #23
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDF
रगत तथा रक्ततत्वको विवरण BTDMS मा अनिवार्य रुपमा प्रविष्टि गरी अद्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित Blood Tracking and Donor Management System (BTDMS) मा आबद्ध तथा प्रणाली सञ्चालनसम्बन्धी तालिम…
1 image





Comments 0
No comments yet. Start a respectful conversation.