चार दिनदेखिको अविरल वर्षा आजबाट क्रमशः कमजोर हुने प्रक्षेपण
काठमाडौं । विगत चार दिनदेखि जारी अविरल वर्षा आजबाट क्रमशः कमजोर हुँदै जाने भएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार आज (आइतबार) दिउँसोसम्म देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे तापनि भारी वर्षाको जोखिम भने लगभग अन्त्य भएको छ।
पछिल्लो चार दिनको अवधिमा नवलपरासीको बर्दघाट क्षेत्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको मौसमविद् पोखरेलले जानकारी दिएका छन्। जल तथा मौसम विज्ञान विभागको पछिल्लो २४ घण्टा र सात दिनको मौसमी तथ्याङ्कले पनि यस अवधिमा देशभर उल्लेख्य मात्रामा वर्षा भएको देखाएको छ।
यसपटक समयमै जारी गरिएको भारी वर्षाको पूर्वसूचना, सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायहरूको चुस्त समन्वय र सक्रियताका कारण सम्भावित ठूलो दुर्घटना टरेको छ। प्रभावकारी पूर्वतयारीकै कारण जनधनको क्षति उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिएको पोखरेलले बताए।
भारी वर्षाको सम्भावना टरे तापनि बाढी, पहिरो र डुबानको जोखिम पूर्ण रूपमा हटिनसकेको हुँदा आगामी दिनमा पनि आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesपरराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ, ११ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र आर्मेनियाका विदेशमन्त्री अरारात मिर्जोयानबीच…
सिद्धार्थ राजमार्ग अवरुद्ध
वालिङ (स्याङ्जा), ११ असोजः पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…
बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङ, ११ असोजः बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी…
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
कर्णाली, ११ असोजः यही असोज ८ गते बेलुकादेखि १० गते बिहानसम्म परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका…
नारायणीको जलसतह हालसम्मकै उच्च
नारायणगढ (चितवन), ११ असोजः नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी…
अर्थमन्त्री वाग्ले कतार प्रस्थान
काठमाडौँ, १० असोजः अर्थमन्त्री डा स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआइआइबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ । बैठकमा…
Comments 0
No comments yet. Start a respectful conversation.