सेवा सहजीकरणका लागि गृह मन्त्रालयको ५ बुँदे परिपत्र
गृह मन्त्रालयले सहजीकरण एवम् प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयहरुलाई पाँच बुँदे परिपत्र जारी गरेको छ । मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रुपमा सेवा प्रवाहका लागि परिपत्र जारी गरिएको उल्लेख छ ।
परिपत्रअनुसार सरकारी कार्यालय वरिपरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानूनी रुपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिहरुलाई निगरानी गरी कानून बमोजिम कारबाहीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
साथै अपांगता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा सानो बच्चा भएकी महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आउनुभएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ ।
परिपत्रमा अगाडि भनिएको छ, “नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निःशुल्क रुपमा उपलब्ध गराउनुपर्नेछ ।”
परिपत्रमा जिल्ला प्रशासन कार्यालयमा जस्तै जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट समेत सम्बन्धित कार्यालयको सेवा प्रकृति बमोजिम नागरिक सहायता कक्षबाट निःशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देश गरिएको छ । त्यसैगरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारीहरु र कार्यविधिगत विषयहरु कार्यालयको वेबसाइट, सामाजिक सञ्जालहरु तथा अन्य उपयुक्त माध्यमबाट नियमित रुपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रुपमा अद्यावधिक गराउने विषय समेत उल्लेख छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesरसुवागढी नाका अवरुद्ध भएपछि चीनको सीमावर्ती जिल्लाका वैकल्पिक नाकाबाट यात्रुको आवागमन
२०८३ भाद्र १० गते रसुवा जिल्लामा आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालयलगायतका संरचनामा क्षति पुगेपछि उक्त नाका हुँदै हुने यात्रु आवागमन प्रभावित भएको छ।…
Risk Management Guidelines For Licensed 'A', 'B' and 'C' class Banks and Financial Institutions, 2026
Risk Management Guidelines For Licensed 'A', 'B' and 'C' class Banks and Financial Institutions, 2026 www.nrb.org.np/contents/uploads/2026/09/Risk-Management-Guidelines-2026.pdf
1 PDFसरकारले सञ्चालन गर्दै 'सीप तथा रोजगार मेला': कृषि, अटाेमाेबाइल, आइटी देखि एआई तालीम र रोजगारीको ग्यारेन्टी
काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न 'सीप तथा रोजगार मेला' सञ्चालन गर्ने…

रसुवा बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रका…

राष्ट्रिय बाल दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको शुभकामना सन्देश
काठमाडौँ, २९ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना…
बाढीपछि विपद् संकटग्रस्त घोषित क्षेत्रका जनप्रतिनिधिहरुसँग छलफलमा प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री…
Comments 0
No comments yet. Start a respectful conversation.