वर्षासँगै नदीको बहाव बढ्न सक्ने, १९ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । मंगलबार बिहानसम्म देशका प्रमुख नदी तथा सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको भए पनि वर्षा जारी रहेकाले जलसतह उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव अहिले सतर्कता तहभन्दा तल छ। तर वर्षाको मात्रा बढेसँगै यी नदीमा पानीको सतहसमेत बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यसैबीच ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ र बाजुरा तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी, खोला तथा खोल्सानजिक रहेका बस्ती र यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाको अवस्था र नदीको जलसतहमा हुने परिवर्तनअनुसार जोखिम थप बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले समेत आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesविकास आयोजनाहरूको सुरक्षाका लागि ऊर्जा मन्त्रालयको ६ बुँदे नयाँ अवधारणा, अनिवार्य बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरुमा ठूलो…

रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/५/२९ गते)
रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #20
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी,…
1 PDFप्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो
काठमाडौँ, ३० भदौः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान…
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने…
शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गर्नुभएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका…
Comments 0
No comments yet. Start a respectful conversation.