DigiNepal

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

काठमाडौँ, ९ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सत्रका क्रममा आज अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच नेपाल–अस्ट्रेलिया सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि भइरहेको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासबारे समेत छलफल भएको थियो ।

मन्त्री खनालले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगका लागि धन्यवाद दिनुभयो । भेटवार्तामा मन्त्री खनाल र मन्त्री वोङबीच नेपाल तथा अस्ट्रेलियाबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै द्विपक्षीय सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

      काठमाडौँ, ९ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ…

      Office of the Prime Minister and Council of Ministers९ असोज २०८३
    • नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      काठमाडौं, ९ असोज : नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा विस्तार भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी…

      Office of the Prime Minister and Council of Ministers९ असोज २०८३
    • पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

      चितवन, ९ असोजः पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित…

      Office of the Prime Minister and Council of Ministers९ असोज २०८३
    • पहिरोले कान्ति लोकपथ अवरुद्ध

      बागमती, ९ असोजः लगातारको वर्षासँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्दा हेटौँडाबाट उक्त मार्गमा सञ्चालन हुने यातायात सेवा प्रभावित भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ…

      Office of the Prime Minister and Council of Ministers९ असोज २०८३
    • प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

      न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय…

      Office of the Prime Minister and Council of Ministers९ असोज २०८३
    • सतर्कता अपनाउनेबारे सार्वजनिक सूचना

      असोज ९ देखि ११ गतेसम्म सम्भावित अति भारी वर्षा, हिमपात तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरिन्छ। PUBLIC NOTICE In…

      Office of the Prime Minister and Council of Ministers८ असोज २०८३
      4 images