भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ।
असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी गर्ने क्रममा कन्क्रिटिङका लागि तयार पारिएको रिबारको जालमा अल्झिएका तथा हिलोमा ढल्किएको अवस्थामा १३ शव फेला पारेको हो।
थप १३ शव बाहिर निकालिएसँगै अडिट–३ क्षेत्रबाट हालसम्म उद्धार गरिएका शवको संख्या ३७ पुगेको आयोजनाले जनाएको छ।
उद्धार गरिएका शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्बा स्वास्थ्य परिसरमा लगिएको छ। शवको पहिचान तथा सनाखत प्रक्रियाका लागि मृतकका परिवार तथा आफन्तलाई सहयोग गर्न आयोजनाले आग्रह गरेको छ।
सनाखतसम्बन्धी आवश्यक जानकारीका लागि जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५५०९१७५७ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
आयोजनाका अनुसार बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी छ। ग्राउन्ड सर्चका लागि सर्च डगको टोली परिचालन गरिएको छ भने आयोजनाको टनेलका दुवैतर्फ मिनी एक्साभेटर प्रयोग गरी खोजी तथा उद्धार कार्य समेत भइरहेको छ।
नेपाली सेना, प्रहरी तथा आयोजनाको संयुक्त टोलीले उपलब्ध स्रोत तथा प्रविधिको प्रयोग गर्दै टनेलभित्र र आसपासका क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। बाढीपछि आयोजनाको प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्भावित पीडितको खोजीलाई प्राथमिकतामा राखिएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesविश्व अल्जाइमर्स दिवसमा मन्त्री सिता बादीको सन्देश : ‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’
काठमाडौं, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र…

भारी वर्षाको पूर्वानुमान, सावधानी अपनाउन मौसमविद्को आग्रह
काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा…
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
५ असोज- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री…
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक…
प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ। संयुक्त…
बाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन : मन्त्री पोखरेल
काठमाडौँ, ५ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन…
Comments 0
No comments yet. Start a respectful conversation.