प्रधानमन्त्रीले घोषणा गर्नुभएको मितिभित्रै कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्रीज्यूले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताउनुभएको थियो ।
प्रधानमन्त्रीज्यूको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर खटिरहनुभएको छ ।
यही भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरुको सहयोगमा ४ दिनसम्म द्रुत अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिनुभएको थियो । विज्ञहरुबाट प्राप्त सुझावका अनुसार यही भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो ।
यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहनुभएको छ । फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन भइसकेको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ ।
हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । भोलिसम्म ग्राभेलको काम पूरा हुनेछ भने असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesसरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग,…
रसुवा-भोटेकोशी बाढी: प्रभावितको पुनर्स्थापना र पुनर्निर्माणबारे राष्ट्रिय कार्यमञ्चमा वृहत छलफल
काठमाडौं विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्यमञ्च (NPDRR) को आज सम्पन्न बैठकमा रसुवा-भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको तत्काल पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका…
त्रिशूली–मुग्लिन करिडोर: बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत असोज २० भित्र सम्पन्न हुने, ३३ वटाको पुनःनिर्माण गरिने
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त भएका झोलुङ्गे पुलहरूको मर्मत तथा पुनःनिर्माण कार्यलाई सरकारले उच्च प्राथमिकताका…
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा…
भोटेकोशी बाढीः हालसम्म एक हजार ३९५ शव फेला
३० भदौः भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार…
शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तक्र्रिया गर्नुभएको छ । मधेस प्रदेशका विभिन्न जिल्लाको भ्रमणका…
Comments 0
No comments yet. Start a respectful conversation.