DigiNepal

यस्ता छन् सरकार र डा केसीबीच भएका सहमतिका छ बुँदा

Picture published with this update

काठमाडौँ, २१ कात्तिक: विभिन्न माग राखेर अनशनरत प्रा डा गोविन्द केसीसँग सरकारले छ बुँदे सहमति गरेको छ । गएराति भएको सहमतिसँगै डा केसीले अनशन अन्त्य गर्नुभएको हो ।

सहमतिअनुसार चिकित्सा शिक्षा आयोगको गत असोज ३० गतेको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको अनुमति प्रदान तथा सिट सङ्ख्या निर्धारण गरिनेछ ।

साथै आर्मी मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान)लाई एमबीबीएसमा सिट सङ्ख्या थप गरिएको निर्णय मापदण्डबमोजिम भए/नभएको निक्र्यौल गर्न प्रा डा रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

उक्त समितिले सरकारलाई प्रतिवेदन पेस गर्नेछ । सरकारले उक्त प्रतिवेदनको सिफारिस लागू गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीहरूको म्याचिङ गर्नेछ ।

साथै कार्यक्रमको अनुमति दिँदा वा सिट थप गर्दा मापदण्डबमोजिम नभएको वा स्वार्थको द्वन्द्व भएको पाइएमा त्यसमा संलग्न आयोग, विश्वविद्यालय तथा मेडिकल कलेजका पदाधिकारीलगायत व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने पनि सहमति भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

सहमतिमापत्रमा दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिलगायत विषयमा आवश्यक संशोधन गरी दुई साताभित्र मन्त्रिपरिषद्को बैठकबाट अध्यादेश जारी गर्ने गरी अगाडि बढाउने उल्खेख छ । अध्यादेश जारीपश्चात् नयाँ पदाधिकारी नियुक्ति प्रक्रिया तत्काल अगाडि बढाउने र उक्त विषयमा डा केसीले दिनुभएका सुझावबमोजिम हुने गरी अगाडि बढाइनेछ ।

साथै डा केसीको २४औँ सत्याग्रहको क्रममा गत साउन ११ गते भएको सहमतिमा कार्यान्वयन हुन बाँकी बुँदाहरूको अक्षरश: पालना गर्ने पनि उल्लेख छ । सहमति कार्यान्वयनको अनुगमन गर्न नेपाल सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका एक सहसचिव, तथा प्रा डा केसीको तर्फबाट विजयबाबु शिवाकोटी, डा अमृत जैसीलाई सहभागी गाई एक कार्यदल गठन गर्ने उल्लेख छ ।

उक्त कार्यदलमा सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजालसमेत रहनुहुने छ । कार्यदलले महिनामा कम्तीमा एक पटक बैठक गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी डडेलधुरा, इलाम, उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विषयमा सरकारले बजेट विनियोजनसहित पूर्वाधार विकासमा तदारुकताका साथ काम गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ । बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालन कार्य तत्कालै अगाडि बढाउने पनि सहमतिमा उल्लेख छ ।

सहमतिपत्रमा मन्त्री पोखरेल, डा केसी, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजालले हस्ताक्षर गर्नुभएको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

      काठमाडौँ, २१ कात्तिकः तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि…

      Office of the Prime Minister and Council of Ministers२१ कार्तिक २०८३
    • आजको मौसम: गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

      काठमाडौँ, २१ कात्तिक: हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया…

      Office of the Prime Minister and Council of Ministers२१ कार्तिक २०८३
    • यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

      काठमाडौँ, २० कात्तिकः नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका…

      Office of the Prime Minister and Council of Ministers२० कार्तिक २०८३
    • आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

      काठमाडौँ, २० कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम…

      Office of the Prime Minister and Council of Ministers२० कार्तिक २०८३
    • आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

      काठमाडौँ, १९ कात्तिकः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम…

      Office of the Prime Minister and Council of Ministers१९ कार्तिक २०८३
    • कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

      सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि…

      Office of the Prime Minister and Council of Ministers१९ कार्तिक २०८३