प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
५ असोज- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।
नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब रु १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको सहयोग रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर जम्मा भएको छ ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesसङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक…
विश्व अल्जाइमर्स दिवसमा मन्त्री सिता बादीको सन्देश : ‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’
काठमाडौं, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र…
भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ। असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले…

भारी वर्षाको पूर्वानुमान, सावधानी अपनाउन मौसमविद्को आग्रह
काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा…
प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ। संयुक्त…
बाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन : मन्त्री पोखरेल
काठमाडौँ, ५ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन…
Comments 0
No comments yet. Start a respectful conversation.