DigiNepal

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहने भएको छ । तराईका भू–भागमा भने आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुन सक्ने जनाइएको छ ।

यस्तै, तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि बदली र वर्षाको सम्भावना

आइतबार राति हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।

रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

तराईतर्फ पनि वर्षाको सम्भावना कायमै रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसममा बदलीसँगै केही स्थानमा वर्षा र हिमपात हुन सक्ने भएकाले यात्रा, कृषि तथा दैनिक गतिविधि सञ्चालन गर्दा स्थानीय मौसम अवस्थाबारे जानकारी लिएर सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

      असोज ४ गते । काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु…

      Office of the Prime Minister and Council of Ministers४ असोज २०८३
    • बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

      नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका…

      Office of the Prime Minister and Council of Ministers४ असोज २०८३
    • ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री

      ४ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा…

      Office of the Prime Minister and Council of Ministers४ असोज २०८३
    • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

      काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा…

      Office of the Prime Minister and Council of Ministers४ असोज २०८३
    • नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

      जनकपुरधाम, ३ असोजः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । साविक रमदैया भवाडी गाविसका वडा नं २, ३,…

      Office of the Prime Minister and Council of Ministers३ असोज २०८३
    • संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

      काठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा…

      Office of the Prime Minister and Council of Ministers३ असोज २०८३