देशभर मनसुनी वायुको प्रभाव, आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ। यसको प्रभावले हाल देशभर साधारणतया बदली (बादल लागेको) अवस्था छ भने कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोको मौसम पूर्वानुमान:
सामान्य अवस्था: देशभर साधारणतया बदली रहनेछ।
हिमाली भू-भाग: केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
पहाडी भू-भाग: धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
तराई भू-भाग: कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।
भारी वर्षाको अलर्ट: कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भाग, र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज रातिको मौसम पूर्वानुमान:
सामान्य अवस्था: देशभर साधारणतया बदली रहनेछ।
पहाडी तथा हिमाली भू-भाग: कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
तराई भू-भाग: देशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।
भारी वर्षाको अलर्ट: कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
(स्रोत: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा)
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesस्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता
नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा…
प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा…
मलेसिया रोजगारीमा २५ मुख्य संस्थाको आबद्धता छानबिन, २५० संस्थाको पूर्वस्वीकृति रोक्का
सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि…
बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड बढी लाग्ने सरकारको अनुमान
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।…

काठमाडौं जिल्ला प्रशासनको चेतावनी: ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कारबाही
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले खाना पकाउने ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने ग्याँस विक्रेता तथा वितरकहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। 'WhatsApp…
1 imageरसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । विनाशकारी बाढीको…
Comments 0
No comments yet. Start a respectful conversation.