DigiNepal

नेपाल प्रहरीको महानिरीक्षक पदमा केसीलाई नियुक्त गर्ने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा डा मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम यही कात्तिक १८ गतेदेखि लागू हुनेगरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

मन्त्री पोखरेलका अनुसार बैठकले वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिर्जना गर्ने निर्णय गरेको छ । साथै उक्त पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णय गरेको छ ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates